कमला नगरपालिकामा मतगणनाको लागि चारैतर्फ काँडेतार, सुरक्षा कडा
मतको अपडेट पनि लाउडस्पीकर मार्फत जानकारी गराइने बताएका छन् ।

२०७९ बैशाख २९ बिहीबार, राति ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोली शुक्रबार हुने आसन्न स्थानीय तह सदस्य निर्वाचनको लागि देशैभरि कडा सुरक्षा अपनाइएको खण्डमा धनुषाको कमला नगरपालिकामा काँडेतार बेरिएको छ ।
पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर २ स्थित रहेको नगरपालिकाको कार्यालय अगाडी नै राखिएको मतदान केन्द्र र मतगणनास्थलमा सुरक्षा अहिलेदेखि नै कडा पारिएको छ ।
वडा नं. २ स्थित रहेको बर्थिँग सेन्टरको नव निर्मित भवनमा हुने मतगणनाको लागि बाहिर काँडेतार बेरिएको छ । मतगणना स्थलको भवनको चारैतर्फ कोही पनि प्रवेश नहुने गरी काँडेतार बेरिएको हो ।
मगणनाको क्रममा हुन सक्ने सँभावित घटनालाई मध्यनजर गर्दै निर्वाचन आयोगको निर्देशन अनुसार धनुषा प्रशासनले चारैतर्फ काँडेतार बेरिएर सुरक्षा चुस्त बनाउने प्रयास गरेको कमला नगरपालिकाका निर्वाचन कार्यालयका अधिकृत धर्मा अवतार कोईरालाले जानकारी दिए ।

कोईरालाका अनुसार, विहान ७ बजेदेखि नै विधिवत रुपमा सुरु हुने मतदान स्थलमा रातभरि प्रहरीको सुरक्षा र आसपासको क्षेत्रमा समेत कडा निगरानी गरिएको बताए ।
उनले मतगणना स्थलमा सिसिटिभी क्यामेरा समेत जडान गरिएको बताउँदै मतको अपडेट पनि लाउडस्पीकर मार्फत जानकारी गराइने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…