मादक पदार्थ सेवन गरेको व्यक्ती भोंट खसाउन नपाउने : निर्वाचन आयोग
मतदान केन्द्रमा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, हात हतियार लैजान पाइने छैन ।

२०७९ बैशाख २९ बिहीबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

काठमाडौं । शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारीलाई अन्तिम चरणमा ल्याइपुर्याएको छ । आयोगले मतदाता शिक्षा, सचेतनालगायत निर्वाचन सम्बन्धी विभिन्न सामग्रीहरू सामाजिक सञ्जालहरूमार्फत सम्प्रेषण गरिरहेको छ ।
आयोगका अनुसार मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्तिले प्रवेश पाउन सक्नेछन् ।
यस्तै महिला मतदाताको साथमा रहेको बढीमा ५ वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यले मात्र प्रवेश पाउने छन् ।
मादक पदार्थ सेवन गरेको व्यक्ती मतदाता भए पनि मतदान गर्न नपाउने आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदान केन्द्रमा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, हात हतियार लैजान पाइने छैन ।नमुना मतपत्र, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत भएको वस्तु पनि लैजान नपाइने आयोगले जनाएको छ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…