हँसपुरको बिग्रेको स्थितिलाई सुधार गर्न जनताले मलाई मत दिन्छः उम्मेदवार यादव
उनले नेपाली काँग्रेसबाट पार्टीबाट हँसपुको समुचित र योजनाबद्ध विकासको लागि आफूले उम्मेदवारी दिएको बताए ।

२०७९ बैशाख २७ मंगलबार, राति ११:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेवार प्रदीप यादवले हँसपुरको मुहार फेर्न जनताले आफूलाई मत दिने बताएका छन् ।
हँसपुर नगरपालिका गठन भएदेखि जनप्रतिनीधिहरुले विकासभन्दा पनि व्यक्तिगत विकासमा ध्यान दिएको भन्दै अब जनता जागरुक भएको बताएका छन् ।
नेपाली काँग्रेसको देशभरि नै बलियो सँगठन भएको तथा हँसपुरमा समेत यसपाली पुरानो अनुहारलाई जनताले रिप्लेस गर्ने मुडमा रहेको भन्दै जनतालाई आफूलाई विश्वास गर्ने विश्वास व्यक्त गरे ।
उनले नेपाली काँग्रेसबाट पार्टीबाट हँसपुको समुचित र योजनाबद्ध विकासको लागि आफूले उम्मेदवारी दिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…