क्षीरेश्वरनाथलाई समृद्ध नगर, सुखी नगरवासी बनाउँछौँः पँजीयार
आफ्नै नेतृत्वले क्षिरेश्वरनाथ नगरपालिकामा पाँच वर्षको अवधिमा अघि बढाइएका कामलाई गन्तव्यमा पुर्याएर क्षिरेश्वरनाथ लाई एउटा समृद्ध नगर, यहाँका नगरबासीलाई सुखी बनाउन, सुरक्षित बनाउने प्रयासलाई मूर्तरुप दिएको बताएका छन् ।

२०७९ बैशाख २७ मंगलबार, बिहान ७:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका निवर्तमान मेयर एवम् उम्मेदवार योगेन्द्र पँजीयारले क्षीरेश्वरनाथ नगरपालिकालाई समृद्ध र सुखी नगरवासीको परिकल्पना साकार पार्ने बताएका छन् ।
पहिलो कार्यकालमा क्षीरेश्वरनाथवासीले आफूलाई विश्वास गरी काम गर्ने मौका दिएको भन्दै यसपालीको चुनावमा पनि जनताले आफूलाई चुन्ने र सेवाको मौका पुनः प्रदान गर्ने बताएका छन् ।
नयाँ नगरपालिका भए पनि पाँच वर्षको अवधिमा विकासका तमाम पूर्वाधार, नीतिगत व्यवस्था, आवधिक र दीर्घकालीन योजना निर्माण, सामाजिक सशक्तिकरण, सचेतना अभिवृद्धिका सन्दर्भमा कयौं महत्वपूर्ण काम भएको दाबी गरेका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, भौतिक पूर्वाधार, उद्यमशीलता, सामाजिक उत्थान, खेलकुद, महिला सशक्तिकरण, बालबालिकाको सर्वोपरी हित, ज्येष्ठ नागरिक तथा समाजमा पछि पारिएका वर्ग, समुदायको उत्थान लगायतका सबै क्षेत्रमा हामीले निकैं सुझबुझ तरिकाले दीर्घकालीन लक्ष्यका साथ काम अघि बढाएको जानकारी दिएका छन् ।
“यो अवधिमा हामीले चलाएका अभियान, नीतिगत निर्णयको कार्यान्वयनमा नगरबासीले जुन हिसाबले साथ, सहयोग दिनुभयो त्यसले हामीलाई निकैं हौसला मिलेको छ । यहाँहरुको साथ, समर्थनले नैं क्षिरेश्वरनाथ नगरपालिकाले जिल्लामा फरक पहिचान बनाउन सफल भएको हो । यसमा यहाँका जनप्रतिनिधि, कर्मचारी, संघ संस्था, निकाय, विकास साझेदारी, क्लव, सञ्चारकर्मी, विभिन्न पेशाकर्मी लगायत सबै नगरबासीको उत्तिकैं योगदान छ ।”– उनले भनेका छन् ।
आफ्नै नेतृत्वले क्षिरेश्वरनाथ नगरपालिकामा पाँच वर्षको अवधिमा अघि बढाइएका कामलाई गन्तव्यमा पुर्याएर क्षिरेश्वरनाथ लाई एउटा समृद्ध नगर, यहाँका नगरबासीलाई सुखी बनाउन, सुरक्षित बनाउने प्रयासलाई मूर्तरुप दिएको बताएका छन् ।
आफ्नो नेतृत्वको टीमले गरेका असल अभ्यासलाई निरन्तरता दिँदै क्षिरेश्वरनाथलाई उत्कृष्ट नगर बनाउन यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस को उम्मेदवारहरुलाई विजयी बनाउन म सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…