सिरहाका पत्रकार मण्डल रहेनन् , महासंघद्धारा शोक व्यक्त
नेपाल पत्रकार महासँघ सिरहाले एक शोक विज्ञप्ति जारी गरी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै संवेदना प्रकट गरेको छ

२०७९ बैशाख २४ शनिबार, राति ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विगत १५ बर्ष देखि निरन्तर पत्रकारिता क्षेत्रमा आबद्व मित्र रोहित कुमार मण्डलको अल्पायूमै मृत्यू भएको छ ।
मधेश प्रदेशको सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ घर भएका मण्डल सिरहा जिल्ला कार्यक्षेत्र बनाई पत्रकारीता पेशामा आबद्ध रहँदै आएका थिए ।
उनको शुक्रबार राती राती आचानक उनको निजी निवास पोखरियामा अल्पायूमै मृत्यू भएको हो ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाको सदस्य तथा हिमालय टाईम्स राष्ट्रिय दैनिक पत्रीका ,मध्याह्न राष्ट्रिय दैनिक, जनकपुर टुडे पत्रीका लगायत सिरहा र देशका दर्जनौ स्थानीय पत्रपत्रीका , अनलाइन र एफ एम रेडियोहरुमा काम गर्दै आएका थिए।
योग्यताको हिसाबले उनि मास्टर्स डिग्री गरेका थिए । मिलनसार हसिलो स्वभावका मण्डलको बुवा , आमा , श्रीमती , भाई, बुहारी सहित एक छोरा र एक छोरी छन् ।
नेपाल पत्रकार महासँघ सिरहाले एक शोक विज्ञप्ति जारी गरी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै संवेदना प्रकट गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…