धनुषाधामका निवर्तमान मेयर घर घर पुगेर भोँट माग्दै, काँग्रेसको घरदैलो तीव्र
धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल काँग्रेसबाट पल्ला भारी भएको उम्मेदवार मानिन्छन् ।

२०७९ बैशाख २२ बिहीबार, राति ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका निवर्तमान मेयर तथा दोस्रो कार्यकालको लागि मेयर पदका उम्मेदवार बालेश्वर मण्डलसहित उनका प्यानलले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
नेपाली काँग्रेस पार्टीबाट पुनः धनुषाधाम नगरपालिकाको मेयरको लागि चुनावमा उम्मेदवारी दिएका मण्डलले पुरै प्यानलसहित घरदैलो अभियान सुरु गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मण्डलसहित काँग्रेसबाटै निवर्तमान उपमेयर एवम् उपमेयरकी उम्मेदवार विद्या देवी भूजेल, वडा नं. ५ का निवर्तमान वडाध्यक्ष एवम् उम्मेदवार ईन्द्र कुमार महतोले समेत सँयुक्त रुपमा भोँट मागिरहेका छन् ।
धनुषाधाम नगरपालिकाको वस्तीस्तरसम्म पुगेर घर घरमा जेष्ठ नागरिकबाट आशिर्वाद लिँदै भोँट माग्ने क्रम जारी राखेका छन् । धनुषाधाम नगरपालिकामा गत चुनावमा काँग्रेस पार्टीले सरकार बनाएको थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व साँसद आनन्द प्रसाद ढुँगानाको क्षेत्र रहेको धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल काँग्रेसबाट पल्ला भारी भएको उम्मेदवार मानिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…