धनुषा सबैलाका मेयर साहले अझै दिएनन पदबाट राजीनामा, गाडी पनि गरेनन फिर्ता
पुनः चुनाव लडने आसमा जनप्रतिनीधिहरुले पदबाट राजीनामा गरिसकेको अवस्थामा सबैला नगरपालिकाका मेयर साहले राजीनामा दिएनन् ।

२०७९ बैशाख २१ बुधबार, दिउँसो १:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले अझै राजीनामा दिएका छैनन् ।
आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि उनले आफू नेपाली काँग्रेसबाट टिकट नपाउने कन्फर्म भएपछि उनले पदबाट अझै राजीनामा दिएका छैनन् ।
पदबाट राजीनामा नदिएका मेयर साहले सरकारी गाडी समेत फिर्ता नगरी कार्यवाहक मेयरको रुपमा कार्य गर्दै आएका छन् ।
चुनावमा भाग लिनको लागि अर्थात उम्मेदवार हुनको लागि निर्वाचन आयोग नेपालले अनिवार्य पदबाट राजीनामा दिनुपर्ने प्रावधान लगाएपछि विभिन्न पालिकाहरुबाट जनप्रतिनीधिले राजीनामा गरिसकेका छन् ।
पुनः चुनाव लडने आसमा जनप्रतिनीधिहरुले पदबाट राजीनामा गरिसकेको अवस्थामा सबैला नगरपालिकाका मेयर साहले राजीनामा दिएनन् । उनले चढदै आएको सरकारी गाडी समेत बुझाएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…