घरदैलोमा जसपाबाट मेयर र वडाध्यक्षका उम्मेदवार
कमला नगरपालिका वडा नम्बर २ को माचि झिटकैया टोलमा घरदैलो कार्यक्रम गरेका छन् ।

२०७९ बैशाख २० मंगलबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मेयरका उम्मेदवार पशुपति यादवले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
कमला नगरपालिकाको मेयर पदमा दोस्रो पटक उम्मेदवारी दिएका यादवसँगै वडा नं. २ बाट वडाध्यक्षका उम्मेदवार धनेश्वर यादवले समेत घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
सोमबारदेखि नै दुवै उम्मेदवार सँयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन् । मँगलबार कमला नगरपालिका वडा नम्बर २ को माचि झिटकैया टोलमा घरदैलो कार्यक्रम गरेका छन् ।
मतदाताहरुसँग भोट माग्दै मेयरका उम्मेदवार पशुपति यादव र वडाध्यक्ष पदका उम्मेदवार धनेश्वर यादवले माचि झिटकैयाको विभिन्न टोल टोलमा टोलीसहित मत मागेका हुन् ।
बाजागाजाका साथ उनीहरुसँगै सदस्य पदका उम्मेदवार जीतनारायण यादव लगायतका अन्य उम्मेदवारहरुले समेत घरदैलो कार्यक्रम गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…