चुनाव अवधिभर DJ मा प्रचार गर्न रोक, माँस मदिरा ८ बजेसम्म मात्र, भारतीय गाडी निषेध
यस्तै, चुनावको क्रममा विदेशमा दर्ता भएको सवारी प्रयोगमा पूर्णतः निषेध गरिएको छ । तराई मधेशमा चुनावी प्रचारको लागि भारतीय नम्बर पलेटको गाडीहरु छ्याप्पछ्याप्पी देखिन्छन् ।

२०७९ बैशाख १८ आइतबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी आचारसंहिता पालना गराउन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्ती सुरक्षा र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन चुनावको मितिदेखि ३ दिन अगावै नियम लागू गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आईतबार एक सूचना जारी गर्दै निर्वाचनको मिति बैशाख ३० गते रहेकोमा सोको तीन दिन अघि देखि नै होटल, मोटल, रेष्टुरेन्टहरुमा कडा निगरानी राख्ने भएको छ ।
यस्तै, होटेलमा वास बस्न आउने विदेशी पर्यटकहरुको पूरा विवरण, परिचय पत्र हेरी प्रहरीलाई जानकारी दिएर मात्र वास बस्न दिने सूचनामा उल्लेख छ । नीजि घरमा पनि कोही विदेशी पाहुना वास बस्न आए प्रहरीमा जानकारी गराउनुपर्ने उल्लेख छ ।

सूचनामा डिजेमा चुनावी प्रचार प्रसार गर्न समेत रोक लगाएको छ । डिजे बाजाले समाजिक रुपमा प्रतिकूल असर पार्ने हुँदा चुनावी प्रचार प्रसारमा डिजे पूर्णतः निषेध गरिएको जनाइएको छ ।
यस्तै, चुनावको क्रममा विदेशमा दर्ता भएको सवारी प्रयोगमा पूर्णतः निषेध गरिएको छ । तराई मधेशमा चुनावी प्रचारको लागि भारतीय नम्बर पलेटको गाडीहरु छ्याप्पछ्याप्पी देखिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…