धनुषाधाम नगरपालिका वडा नं. ३ वडाध्यक्षमा जसपाबाट साहको उम्मेदवारी, शिक्षामा जोड
पूर्व जनप्रतिनिधिको टिमले पाँच वर्षको अवधिमा वडाको समस्या समाधान गर्नै नसकेको बताए । व्यक्तिवादी रुपमा हावी भएका कारण आफ्नो वडाको पहिचान नै नगरेर पाँच वर्षीय कार्यकाल विताएको बताए ।

२०७९ बैशाख १८ आइतबार, दिउँसो १२:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ मा जनता समाजवादी पार्टीबाट वडाअध्यक्ष पदका नव युवा उम्मेदवार नरेश कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।
युवा, जोसिला रहेका साहलाई उनको टोलसहित वस्तीस्तरबाट युवाहरुले समर्थन जनाउन थालेका छन् । धनुषाधाम नगरपालिकाका सरसा, सोनापुर, तेजनगर र सिकियाहा गरि ४ गाउ रहेको सो वडामा उनको लागि युवाहरु नै प्रचारमा जुटेका छन् ।
चुनावी कुराकानीमा उनले समुचित विकास र सुशासनको लागि नया र युवा पिढिको नेतृत्व कर्ताको जरुरि रहेको ले आफ्नो वडालाई सम्बृद्ध बनाउनका लागि कुनै कसर बाँकी नराखिने उनले बताए ।
उनले शिक्षा र स्वास्थ क्षेत्र आफ्नो पहिलो प्राथमिकतामा रहेको र शिक्षाको स्तर लाइ माथी उकास्न र गुणस्तरिय बनाउन पहिलो प्राथमिकता दिने बताए ।
उनले जनताको सेवाको लागि दिन रात समेत आफू ततपर रहने बताए । अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले कुनै पनि काम नगरेको उनको भनाइ छ ।
पूर्व जनप्रतिनिधिको टिमले पाँच वर्षको अवधिमा वडाको समस्या समाधान गर्नै नसकेको बताए । व्यक्तिवादी रुपमा हावी भएका कारण आफ्नो वडाको पहिचान नै नगरेर पाँच वर्षीय कार्यकाल विताएको बताए ।
वडाबासीको समस्या समाधानका लागि वडाबासी लाई नै परिचालन गरिने उप्युक्त तथा प्रभावकारी निति रहेकोले यसको अब्लम्बन गर्ने पनि उनको सोच छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…