हँसपुर वडा नं. ४ को वडाध्यक्षमा कांग्रेसबाट २५ वर्षीय कमलदेवको उम्मेदवारी
“आफूलाई वडा अग्रजहरुले पहिले पनि निर्वाचनमा भाग लिन भनेका थिए ।

२०७९ बैशाख १६ शुक्रबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । नेपाली कांग्रेसले धनुषाको हँसपुर नगरपालिका वडा नं ४ मा २५ वर्षीय युवालाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ ।
नरैहिया घर भएको कमलदेव यादवले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ । कांग्रेसले युवालाई मौका दिदैन बेलावखतमा आरोप खेपिरहेका कांग्रेसले यसपटक युवालाई उतारेको छ ।
यादव कांग्रेसको वडा सभापति हुन । गत चुनावमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार किशोरी यादवसँग कांग्रेसका उम्मेदवार फेकन यादव एक सय २३ मतले पराजित भएको थियो । भने यसपालि वडाबासीको मनस्थिती फेरिएको छ । उनीहरुले नयाँ अनुहार खोजेको छ ।
समाज र टोलको लागि केहि गर्न सकिने उम्मेदवार चाहेको थियो । वडाबासीको चहाना र आग्रहलेनै उम्मेदवारी दिएको यादवले बताए ।
“आफूलाई वडा अग्रजहरुले पहिले पनि निर्वाचनमा भाग लिन भनेका थिए । तर त्यतिबेला पार्टी सिनियर नेता फेकन यादवले यसपालि मलाई मौका दिनुस भनेपछि पछि हटेका थिए ।
यो चुनावमा उहाँहरुको सल्लाह सुझाव अनुसार उम्मेदवारी दिएको कमलदेव यादवले बताए ।” उनले भने वडाबासीकै विश्वासको अधारमा पार्टीले आफूलाई टिकट दिएको हो मैले निर्वाचित भए वडाबासीसँग गरेको एकएक वाचा पूरा गर्छौ ।”
(जसपा) बाट किशोरी यादव, (लोसपा) बाट लालबाबु यादव, नेकपा एकीकृत समाजवादीबाट फेकन साह, माओवादी केन्द्रबाट बह्मदेव कापडी, एमालेबाट कारी नदाफ र जनमत पार्टीबाट अरुण यादवले उम्मेदवारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…