कमला नगरपालिकामा जनमतका दिपेन्द्र तेथवार चुनावी माहौलको 'साईलेन्ट किल्लर'
देशदेखि विदेशसम्म मधेशी युवाहरुलाई आर्थिक, कानुनी तवरले निरन्तर सहयोगमा जुटेको गैर आवासीय मधेशी सँघसँग आवद्ध र आवद्ध नभएका युवाहरुले समेत जनमतमा भोंटको लागि परिवारजनलाई दबाब समेत दिने गरेको छ ।

२०७९ बैशाख १४ बुधबार, बिहान १०:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिकास्थित मनोयन दर्ता अनुसार नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
तर, डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मेयरमा उम्मेदवारी दर्ता गराएका दिपेन्द्र तेथवार (यादव) “साइलेन्ट किल्लर” को भूमिकामा देख्न सकिन्छ ।
चुनावी सरगर्मी पिकअपमा रहेको बेला जनमत पार्टीबाट मेयरको प्रत्यासी उम्मेदवार दिपेन्द्र तेथवारले काँग्रेस र जसपालाई कडा टक्कर दिने मुडमा देखिएका छन् । जनमतका नेता कार्यकर्ताहरु चुनावी प्रचार प्रसार भन्दा वस्तीस्तरीय भेटघाटमा जोड दिने गरेका छन् ।
कमला नगरपालिकाको विभिन्न वडामा जनमत पार्टीको साइलेन्स सँगठन बनाइएको छ । जानकारी अनुसार, भित्रैबाट जनमत पार्टीमा लागेकाहरु अहिले पिकअपमा पनि चुप लागेर बस्नु ठुलो योजना तहत मानिन्छ ।
वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका युवाहरु पूर्ण रुपमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीका समर्थकहरु हुन् । उनीहरुले आ आफ्नो परिवारजनलाई जनमतको हरण (हर्न) छापमा मात्र भोंट दिन परिवारजनलाई आग्रह गर्ने गरेको देखिएको छ ।
देशदेखि विदेशसम्म मधेशी युवाहरुलाई आर्थिक, कानुनी तवरले निरन्तर सहयोगमा जुटेको गैर आवासीय मधेशी सँघसँग आवद्ध र आवद्ध नभएका युवाहरुले समेत जनमतमा भोंटको लागि परिवारजनलाई दबाब समेत दिने गरेको छ ।
कमला नगरपालिकामा नेपाली काँग्रेसबाट विशेश्वर यादव, जसपाबाट पशुपति यादव र जनमतबाट दिपेन्द्र तेथवारले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, कलम छाप अर्थात नेकपा (समाजवादी) रामचन्द्र झा समूहबाट पूर्व प्रधानाध्यापक कुलदेव मोरबैताले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…