औरही गाउँपालिकाको वडा नं. ४ बाट वडाध्यक्षमा गायक शर्माले दिए स्वतन्त्र उम्मेदवारी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको औहरी गाउँपालिकाको वडा नम्बर ४ बाट गायक रँजीत शर्माले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । सोमबार भएको मनोयन दर्ताको क्रममा गायक शर्माले निर्वाचन अधिकृतको कार्यालय परवाहा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । विगतका जनप्रतिनीधिहरुको रबैयाले स्थानीयहरु आजित भएपछि

२०७९ बैशाख १२ सोमबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको औहरी गाउँपालिकाको वडा नम्बर ४ बाट गायक रँजीत शर्माले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
सोमबार भएको मनोयन दर्ताको क्रममा गायक शर्माले निर्वाचन अधिकृतको कार्यालय परवाहा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
विगतका जनप्रतिनीधिहरुको रबैयाले स्थानीयहरु आजित भएपछि आफू समाज सुधारको बाटो अवलम्बन गरी वडाध्यक्ष भएर सेवा गर्न उम्मेदवारी दिएको बताए ।
उनी कुनै दलिय नभई स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको बताए । उनलाई वडामा पक्कड बलियो मानिएको छ भने वडावासीको समर्थनमै उम्मेदवारी दिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…