धनुषाको शहिदनगरमा माओवादीबाट मेयरमा पुनः बरबरियाको उम्मेदवारी दर्ता
उनको साथै उपमेयरको लागि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टीबाटै रेखा मण्डलले उम्मेदवारी दर्ता गराएकी हुन् ।

२०७९ बैशाख १२ सोमबार, दिउँसो ४:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै कान्छो मेयर भनेर परिचित धनुषाको शहिदनगर नगरपालिकाका निवर्तमान मेयर उदय कुमार बरबरिया (यादव) ले पुनः मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बाट नेपालको सबभन्दा कम उमेरको मेयरको रुपमा विजयी भएका बरबरियाले शहिदनगरको मेयरको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
शहिदनगरको यदुकुहास्थित रहेको निर्वाचन अधिकृतको कार्यालयमा जुलुससहित पुगेका बरबरियाले मेयरको लागि मनोयन दर्ता गराएको हो ।
उनको साथै उपमेयरको लागि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टीबाटै रेखा मण्डलले उम्मेदवारी दर्ता गराएकी हुन् ।
शहिदनगरमा गत चुनावमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच प्रतिष्पर्धा रहेकोमा यसपाली बरबरियाको प्यानल बलियो तथा नगरमा माओवादी केन्द्रको सँगठन बलियो मानिएको छ ।
नेपाली काँग्रेसबाट शहिदनगरमा सुधीर गोईतले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गत चुनावमा देबेन्द्र भर्खेर भारी मतले उदय बरबरियासँग पराजीत भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…