कमला नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा विशेश्वर यादव ले दिए उम्मेदवारी
यसपाली पनि कमला नगरपालिकामा पशुपति यादव र विशेश्वर यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

२०७९ बैशाख १२ सोमबार, दिउँसो ४:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको गढ र बलियो सँगठन मानिएको धनुषाको कमला नगरपालिकाको मेयरको लागि काँग्रेस पार्टीबाट विशेश्वर यादव उम्मेदवारी दिएका छन् ।
कमला नगरपालिकाको कार्यालयस्थित रहेको निर्वाचन कार्यालयमा दिउँसो ३ः३० बजे पुगेर उनले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
बलियो सँगठन र कसिलो पक्कड भएको विशेश्वर यादव मेयरको चुनावको लागि बलिया उम्मेदवार मानिन्छन् । यसअघि राम उदगार गोईतले पनि काँग्रेसबाट जसपाका उम्मेदवार पशुपति यादवलाई भारी मतान्तरले पराजीत गरेको थियो ।
यसपाली पनि कमला नगरपालिकामा पशुपति यादव र विशेश्वर यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । अन्य पार्टीहरुमा जनमत पार्टी पनि उत्तिकै बलियो देखिन्छन् । प्रथम पटक कमला नगरपालिकामा स्थानीय चुनावमा भाग लिएको जनमत पार्टीको सँगठन पनि मध्यम मानिन्छन् ।
उपमेयरको लागि निवर्तमान उपमेयर शिला देवी मण्डल नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी हुन् । जनमतबाट गीता देवी मण्डलले उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…