सबैला नगरपालिकामा काँग्रेसको मेयर रिप्लेस, साहले पाए मेयरको टिकट
सबैला नगरपालिकामा काँग्रेस र जसपाको गठबन्धन भएपछि मेयरको फाँट काँग्रेसमै परेको हो । यसपाली पनि सबैलामा काँग्रेसको पल्ला भारी हुने भएको छ ।

२०७९ बैशाख १२ सोमबार, बिहान ११:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको मेयरको लागि नेपाली काँग्रेसले पुरानोलाई रिप्लेस गरेको छ ।
नगर प्रमुखको लागि नेपाली काँग्रेसले निवर्तमान मेयर विजयशंकर साहलाई बायकट्ट गरी जगत सुन्दर साहलाई टिकट दिएको हो ।
लामो समयदेखि नै नेपाली काँग्रेस पार्टीबाटै राजनीति गर्दै आएका साहलाई काँग्रेसको टिकट वितरण समितिले मेयरको लागि टिकट दिएको हो ।
सबैला नगरपालिकामा काँग्रेस र जसपाको गठबन्धन भएपछि मेयरको फाँट काँग्रेसमै परेको हो । यसपाली पनि सबैलामा काँग्रेसको पल्ला भारी हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…