कमला नगरपालिकाको वडा नं. २ वडाध्यक्षमा पुनः 'ठकाई यादव' लाई नै टिकट
यस्तै, निवर्तमान वडाध्यक्ष धनेश्वर यादवले पुनः वडाध्यक्षको लागि जसपाबाट टिकट पाएका छन् । उनले दोस्रो कार्यकालको लागि जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा आज मनोयन दर्ता गराउने तयारीमा छन् ।

२०७९ बैशाख १२ सोमबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लामा ईमान्दार नेताहरुमध्ये शिवधारी यादव र ठकाई यादवको नाम उच्च श्रेणीमा आउँछ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर २ को वडाध्यक्षको लागि पुनः नेपाली काँग्रेसले ठकाई यादवलाई टिकट दिएको छ । गत चुनावमा उनी झिनो मतले पराजीत भएका थिए ।
नेपाली काँग्रेसभित्रै अन्तरघातको परिणामले २६ मतले हारेका ठकाई यादव पुनः वडाध्यक्षमा भिडने भएको छ ।
कमला नगरपालिकाको वडा नम्बर २ को माचि झिटकैया, सराबे, तेलिया, बिजुलीया र सुन्दरपुर टोलमा काँग्रेसको सँगठन बलियो मानिन्छ । पार्टीभित्रै अन्तरघात नगरिए उनी जित्ने सम्भावना प्रबल छ ।
यस्तै, निवर्तमान वडाध्यक्ष धनेश्वर यादवले पुनः वडाध्यक्षको लागि जसपाबाट टिकट पाएका छन् । उनले दोस्रो कार्यकालको लागि जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा आज मनोयन दर्ता गराउने तयारीमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…