Breaking ! जसपाले टिकट नदिएपछि गणेशमान चारनाथका निवर्तमान मेयर यादवसहित पुरै प्यानल लोसपामा
केही घण्टा अगाडी जसपाको कार्यालयमा रामबाबु यादव समूहले टिकट वितरणकर्ताहरु उपर कुटपिट गरेको थियो ।

२०७९ बैशाख ११ आइतबार, दिउँसो २:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयरसहित पुरै प्यानल लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टीले मेयरको लागि पुनः टिकट नदिएपछि गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवसहित उनको पुरै प्यानल नै लोसपामा प्रवेश गरेका छन् ।
केही घण्टा अगाडी मात्र टिकट नदिएपछि जसपाको पार्टी कार्यालयमा झगडा भएको थियो । सोही बखत पार्टी कार्यालयबाट निस्केका यादवले लोसपा प्रवेश गरी मेयरको टिकट लिने भएको छ ।
लोसपाका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य तथा पूर्व मन्त्री उमा शंकर अरगरियाले सबै जनालाई आईतबार दिउँसो करिब २ः२० बजे पार्टी प्रवेश गराएका हुन् ।
सो क्रममा निवर्तमान मेयर रामबाबु यादव, ईन्द्रदेव धनकोटी यादव, रामजुलुम यादव, सँतोष जयशवाल, रितिक राव, विष्णुदेव महतो, विमलेश महतो, गणेश महतो, जोगिन्द्र यादव, जय कुमार यादव, कुलदीप यादव, सुरज पासवान, कपिल यादव, सिबो साह, भोले यादव, कामेश्वर मण्डल, विसुनदेव महतो, निसा मुक्तान, जीतेन्द्र यादव, शिवशँकर यादव, कामेश्वर यादव, राकेश साह, रवि यादव, विजय यादव, काले आक्षम, सदरे आलम, उद्यव श्रेष्ठ, सँजीव जयश्वाल, जैक्सन लहरी सहित करिब अढाई सय जना लोसपामा प्रवेश गरेका छन् ।
निवर्तमान मेयर रामबाबु यादवको पुरै प्यानल नै लोसपामा गएको हो । उनलाई गणेशमान चारनाथ नगरपालिकाबाट अब मेयरको लागि टिकट पक्का भएको छ ।
केही घण्टा अगाडी जसपाको कार्यालयमा रामबाबु यादव समूहले टिकट वितरणकर्ताहरु उपर कुटपिट गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…