नेतृ ठाकुर दलबदलिन
जनकपुरमा नेतृ ठाकुर अब्बल महिला नेतृको रुपमा चिनिन्छन् ।

२०७९ बैशाख ११ आइतबार, दिउँसो १२:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल जनकपुरकी एक नेतृ दल बदलेकी छन् ।
तत्कालिन राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा बस्दै राजनीतिक गर्दै आएकी नेतृ विभा ठाकुर आईतबार लोसापलाई लत्याएर तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेकी छन् ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले नेतृ ठाकुरलाई तमलोपामा भित्र्याएका हुन् ।
मधेश आन्दोलनको क्रममा आफूलाई अब्बल शो–अफ्फ गरेकी नेतृ ठाकुरले मधेश आन्दोलनलाई नै भँजाउदै राजनीति गर्दै आएकी हुन् ।
लोसपाबाट टिकट नपाएपछि टिकटकै लोभमा नेतृ ठाकुरले दल बदलेकी बुझिएको छ । जनकपुरमा नेतृ ठाकुर अब्बल महिला नेतृको रुपमा चिनिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…