शहिदनगरमा नगर सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, आम नागरिकले जनप्रतिनीधि झपारे
सार्वजनिक सुनुवाई कार्यक्रमको प्रत्यक्ष प्रसारण जनकपुरधामस्थित जानकी टेलिभिजन एचडीबाट समेत गरिएको आयोजकले जनाएको छ ।

२०७९ बैशाख ४ आइतबार, बेलुकी ६:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा आईतबार नगर सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ५ पचहर्बाको सार्वजनिक स्थान थानमुनी बजार क्षेत्रमा नगर सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । आयोजना गरिएको नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ को नगर सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
बिहान ६ः३० बजेदेखि सुरु भएको सार्वजनि सुनुवाई दिउँसो करिब १ बजेसम्म सँचालन भएको आयोजकले जनाएको छ ।
शहिदनगर नगरपालिकाको आयोजना तथा समाजिक सँस्था त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.को समन्वयमा पाँच वटा वडाको नागरिकलाई भेला गरी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
विभिन्न वडाबाट आएका जनप्रतिनीधि, नागरिक समाज, अगुवा, राजनीतिक दलका प्रतिनीधिहरुको रोहबरमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधिहरुसँग जनताहरुले सीधा सबाल जवाफ गरेको थियो ।
सो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो ।
शहिदनगर नगरपालिकाले पाँच बर्षमा ३ पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । यसअघि दुई पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको शहिदनगर नगरपालिकाले यसपाली पनि सार्वजनिक सुनुवाई गरेको हो ।
कार्यक्रममा उपस्थित नागरिक समाज, शिक्षक, समाजसेवीहरुले समय समयमा सार्वजनिक सुनुवाई गर्ने शहिदनगर नगरपालिका पहिलो नगरपालिका रहेको भन्दै प्रशँसा गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको प्रत्यक्ष प्रसारण जनकपुरधामस्थित जानकी टेलिभिजन एचडीबाट समेत गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तेजीलाल यादव, वडा नम्बर २ का वडाध्यक्ष जैसीलाल भिन्भार, वडा नं. ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डल वडा नम्बर ४ का वडाध्यक्ष कन्हैया मुखिया, वडा नं. ५ का वडाध्यक्ष रामरतन पासवान, समाजसेवी बौयैलाल यादव, माओवादी केन्द्रका स्थानीय नेता सुरेश कापर, नेपाली काँग्रेसका मनोज साह, ईन्द्रजीत गोईत, रुपेश यादव लगायत स्थानीय जेष्ठ नागरिक, महिला, विद्यार्थी, युवाहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…