जसपा छाडेर अन्तत: नेपाली काँग्रेसको शरणमा पूर्व पत्रकार 'यादव'
यसअघि जसपाको गुणगान गरी नथाकेका सुरेश यादव सोमबार नेपाली काँग्रेस प्रवेश गर्दै नेपाली काँग्रेसको गुण गाए ।

२०७९ बैशाख ५ सोमबार, बेलुकी ६:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेर धनुषाका पूर्व पत्रकार सुरेश यादव अन्ततः नेपाली काँग्रेसको शरण लिएका छन् ।
सोमबार धनुषाको धनुषाधाम नगरपालिकास्थित एक कार्यक्रमको आयोजना गरी यादवले नेपाली काँग्रेस अधिकारिक रुपमा प्रवेश गरेका हुन् ।
जसपाको भातृ सँगठन प्रेस मँच नेपालका मधेश प्रदेश अध्यक्ष समेत रहेका सुरेश यादवले अन्ततः नेपाली काँग्रेस रोजेका छन् । उनले अब नेपाली काँग्रेसबाटै राजनीति गर्ने जनाएका छन् ।
नेपाली काँग्रेसको क्षेत्रीय अध्यक्ष जीतनारायण यादवको अध्यक्षता तथा काँग्रेसको केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री आनन्द प्रसाद ढुँगानाको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरी यादवलाई काँग्रेस प्रवेश गराइएको हो ।
नेपालमा नेपाली काँग्रेसले नै सबभन्दा पहिले लिखित सँविधान लेखेको इतिहासलाई उखेल्दै यादवले आफू नेपाली काँग्रेसको राजनीति र इतिहासलाई हेरेर काँग्रेस चयन गरेको बताए ।
वि.सं. २००४ सालमा नेपालमा पहिलो लिखित संविधान जारी भएको र सो संविधान नेपाली काँग्रेसलेै कै दबाब सृजनापछि लिखित संविधान बनाउन बाध्य भएको बताए । । उनले भने,–“२००३ सालमा स्थापना भएको नेपाली काँग्रेसले जन्मेको एक बर्षमै लिखित संविधान को लागि दबाब दिएर संविधान बनाउन सफल भयो । म त्यसबाट पनि प्रेरित भए ।”
यस्तै, नेपाली काँग्रेसले आफ्नो ४ बर्षकै उमेर नेपालबाट राणा शासनलाई फालेको बताउँदै उनले देशमा संघीयताको पक्षमा मात्र नेपाली काँग्रेस एक मात्र पार्टी भएको बताए । देशको कुनै अन्य पार्टीले देशहितको सिद्धान्तलाई पालना नगरेको बताउँदै उनले नेपाली काँग्रेस मात्र देशहितको सिद्धान्त पछयाएको बताए ।
यसअघि जसपाबाट राजनीति यात्रामा कदम राखेका पूर्व पत्रकार सुरेश यादव चुनावको केही दिन बाँकी रहँदा उनले नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई नेता आनन्द प्रसाद ढुँगाना, पूर्व जिल्ला उपाध्यक्ष सँतोष यादव, पूर्व साँसद पुष्पलत्ता लामा लगायतका चर्चित नेतागणहरुले अबिर लगाएर नेपाली काँग्रेस पार्टीमा स्वागत गरेको हो ।
यसअघि जसपाको गुणगान गरी नथाकेका सुरेश यादव सोमबार नेपाली काँग्रेस प्रवेश गर्दै नेपाली काँग्रेसको गुण गाए ।
पार्टी प्रवेश कार्यक्रममा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल, उपप्रमुख विद्यादेवी भुजेल लगायतको विशेष उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…