विद्युत प्राधिकरणको बदमासीले ३ दिनदेखि तीन गाउँ अँध्यारोमा
प्रमुख यी रवैयाका कारण सेवा जनमुखीको साटो राणामुखी हुँदै गएको छ, भने माफियाको चंगुलमा फस्दै गएको छ ।

२०७९ बैशाख ३ शनिबार, बिहान ७:४७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । नेपाल विधुत प्राधिकरण मलंगवा वितरण केन्द्रले चरम बदमासी देखाउदै समयमै समस्या समाधानका लागि तादरुकता नदेखाउदा ३ गाउँ अँध्यारोमा परिणत भई सर्वसाधारणको जनजीवन कष्टकर बनेको हो।
सर्लाहीको कौडैना गोडैता जोडने हुलाकी सडक खण्डसंग जोडिएको सिसौटिया–जानकी नगर सडक खण्डमा सडक पेटीमा रुख काटने क्रममा विधुत पोलमा ढल्दा विगत ३ दिनदेखि ३ गाउँका विधुत अवरुद्ध हुँदै आएको हो ।
ठेकेदारले सिरिकको बोट काटने क्रममा रुख पोलमा ढालिदिदा नयाँ बर्षको दिनको साँझदेखि गोडैता नगरपालिका वडा नं. ७ जानकी नगर, वडा नं. २ जयपुर र बिष्णु गाउँपालिका वडा नं. ३ ३ दुल्वाको पश्चिमी टोलमा विधुत अवरुद्ध भएर तिनै गाउँ अँध्यारोमा परिणत भएको छ भने अति आवश्यक सेवा समेत प्रभावित भएको हो ।
विधुत अवरुद्ध भएपछि वैशाखको दिउँसो चर्को घाम, राती गर्मी र लामखुट्टेको आतंकले तिनै गाउँका सर्वसाधारण थप प्रताडित बनेको हो ।
लामखुट्टेको आतंक र राती पंखा नचलेर रातभरि सुत्न नपाएको स्थानीय हरिन्द्र महतोले बताए । ईन्टरनेट नचलेर विधार्थीहरुको अनलाइन कक्षा समेत प्रभावित भएको छ, उनले भने ।
धान् गहुँ कुटने मिल समेत नचलेर व्यवसाय ठप्प भएको छ, भने सर्वसाधारणले कुटानी पिसानी गर्न पाएका छैन, भने पानी तान्ने मोटर नचल्दा कृषि क्षेत्र समेत प्रभावित भएको हो ।
आज तेस्रो दिन पनि सन्चालनमा आएको छैन । एसएलसी परीक्षा नजिकिदै गएको बखत गाउको बिधुत सेवा अवरुद्ध हुदा हजारौ बिद्यार्थी पढाइ बाट बन्चित भएका छन ।
बिधुत आपुर्ती अबरुद्ध बनेपछि यहाँका कलकारखाना, ब्यापार ब्यवसायमा समेत असर परेको महतोको भनाइ छ । विधुत सेवा अबरुद्व बनेपछि यहाका सन्चारक्षेत्र समेत सम्पर्क बिहिन बनेको छ । स्थानीयहरु छिमेकी गाउँमा बिजुली चार्ज गर्न बाध्य भएको छ ।
विधुत सुचारुको लागि विधुत कर्मचारीलाई पटक पटक ताकेता गरेपनी कुनै चासो नलिएको जनप्रतिनिधि सितल मुखियाले बताए । विगत ३ दिनदेखी चर्को गर्मीको समयमा विधुत अवरुद्ध भएर आम नागरिक सास्ती खेप्न बाध्य भएपनी समयमै समस्या समाधानका लागि सम्बन्धित निकाय उदासिन रहेको आरोप समेत लगाए ।
ठेकेदार विधुत कर्मचारी संजय यादव को नातेदार भएका कारण जरिवाना तिराएर नयाँ पोल लगाउने काममा ढिलाई भएको एक विधुत कर्मचारीले बताए ।
रुख काट्ने क्रममा पोलमै लडेर भाचिएको बारेमा हामीलाई घटना भएको राती नै जानकारी भयो तर रातमै पोल लगाउन सम्भव थिएन, भोलि नयाँ पोल आउँछ संजय जि ले भने तर पोल नआएपछि विधुत सुचारु हुन नसकेको बताए ।
विधुत हाकिम विनोद यादवलाई घटनाबारे जानकारी दिन फोन लगाउदा फोन दिनभरी व्यस्त देखियो ।
एक जना पत्रकार साथीलाई हाकिमको फोन व्यस्त आउदै गरेको बारे जानकारी गराउदा उसको मोबाईलमा नयाँ नम्बर व्यस्त आउने गरेको बताए । विधुत हाकिम यादव को रवैयाका कारण सर्लाहीमा आएदिन देखि विभिन्न विवादमा तानिदै आएको छ ।
विधुत प्राधिकरणको कुनै लापरबाहीमा सर्वसाधारणले विरोध गर्दा माननीय रामेश्वरको ज्वाइँ भएको धाक लगाउने गरेको छ । यादव संग कार्यालयमा कार्यरत कर्मचारीहरु समेत असन्तुष्ट रहेको एक कर्मचारीले बताए ।
घटनाबारे आज बिहान जिल्ला प्रशासन कार्यलय, सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई जानकारी गराउदा घटनाबारे बुझ्दै छु उनले भने ।
सबै जन गुनासो सुन्ने विधुत कार्यालय प्रमुख आफनो मोबाईल व्यस्त मुडमा राखेर मौज गरिरहेका छन, भने आम नागरिकहरु गर्मी र लामखुट्टेको आतंकले सुत्न पाएका छैन ।
प्रमुख यी रवैयाका कारण सेवा जनमुखीको साटो राणामुखी हुँदै गएको छ, भने माफियाको चंगुलमा फस्दै गएको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…