Vianet मा अब अनलाईन कक्षाको लागि मिदास ई–क्लास निःशुल्क चलाउन पाउने
यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ(क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन्।

२०७९ बैशाख २ शुक्रबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ।
यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ(क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन्।
नर्सरी देखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिने जनाइएको छ ।
विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू, र विभिन्न अन्तर(क्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकाई लाइ अझ सहज र रमाइलो बनाउने जनाएको छ।
मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन्।
विद्यालय अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एस।इ।इ नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ।
भायनेटले वैशाख, २०७९ सम्म आफ्नो ग्राहकलाई मिदास इ(क्लास एक महिना निशुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इक्लास दाबि गर्नुपर्नेछ।
उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…