जनकपुरमा उपसभामुख तामाङगको पुतला दहन
न्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । गाईको मासु खानदिनपुपर्ने कानुन बनाउनुपर्ने अभिव्यक्तिका कारण विवादमा परेकी उपसभामुख राधिका तामाङकी पुतला दहन गरिएको छ । हिन्दु युवा परिषदले प्रदेश नं ३ कि उपसभामुख जनकपुरधाममा पुतला दहन गरेको छ । गाईको मासु खान पाउनुपर्छ भन्ने विवादी वयान दिएर हिन्दु विरोधी गतिव

२०७४ चैत १७ शनिबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १७ चैत्त । गाईको मासु खानदिनपुपर्ने कानुन बनाउनुपर्ने अभिव्यक्तिका कारण विवादमा परेकी उपसभामुख राधिका तामाङकी पुतला दहन गरिएको छ ।
हिन्दु युवा परिषदले प्रदेश नं ३ कि उपसभामुख जनकपुरधाममा पुतला दहन गरेको छ ।
गाईको मासु खान पाउनुपर्छ भन्ने विवादी वयान दिएर हिन्दु विरोधी गतिविधी गरेको भन्दै हिन्दु युवा परिषद धनुषाले शनिवार सांझ जनकपुरधामको जनकचौकमा पुतला दहन गरेको छ ।
पुतला दहन गर्ने क्रममा प्रहरीले पुतला खोस्न प्रयास गरेपछि झडपनै भएको थियो ।
प्रहरीले पुतला खोसेर गाडीमा राखेपछि आक्रोशित युवाहरुले प्रहरीले कव्जा गरेको पुतला पुनः ल्याएर जलाएका थिए ।
यसक्रममा प्रहरी र हिन्दु युवा परिषदका कार्यकर्ता विच झडप समेत भएको छ ।
तामाङको विवादीत वयानको विरोधमा परिषदले जनकपुरधामको रामानन्दचोक बाट मशाल जुलुस निकालेर नगरपरिक्रमा गर्दै जनकचौकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै हिन्दु युवा परिषदका केन्द्रिय अध्यक्ष सत्यम मुरारीले हिन्दु विरोधी गतिविधी गर्नेबालाहरुमाथि एकवद्ध भएर विरोध गर्न आग्रह गरे ।
उनले हिन्दुलाई विरोध गर्ने माथि जवाफ दिनुपर्ने समय आएको वताए ।
हिन्दु युवा परिषद धनुषाका अध्यक्ष श्रवण यादवको अगुवाईमा निस्केको विरोध जुलुसमा प्रदीप शर्मा,अशोक अधिकारी लगायत हिन्दु समर्थक युवाहरुको सहभागीता रहेको थियो ।
नेपालको राष्ट्रिय जनावर तथा हिन्दुधर्मावलम्बीहरुको लागि गाई माता समान भएको भन्दै केही दिनदेखि तामाँगको विरोध देशैभरिबाट गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…