Vianet को नयाँ रिफरल योजनाः तीन महिनासम्मको इन्टरनेट र 'MI Dual Band Router' FREE !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छ

२०७८ चैत २२ मंगलबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ।
यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्।
यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्ने बताइएको छ ।
ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको ब्यक्तीले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्ने शर्तसहित योजना लागू गरिएको भायानेटले जनाएको छ ।
भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्। ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग(इन गरी आफ्नो फ्री इन्टरनेट दावी गर्न सक्ने प्रावधान लागू गरिएको जनाइएको छ ।
भायानेटले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ।
भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा(फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ।
विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेट सँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ।
भायानेटले यस नयाँ रिफ¬¬रल योजना मार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको जनाउँदै यो अफर सीमित अवधिको लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन आग्रह कम्पनीले गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…