जीवनभर अविवाहित रहने मनो–किरिया खाएका साँसद यादव विवाह गर्दै
सांसद यादव यादव जातीको जातीय संगठन गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष समेत हुन् ।

२०७८ चैत २४ बिहीबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जीवनभर विवाह नै नगरी जीवन बिताउने मनस्थितिमा रहेका जसपाका एक साँसद विवाह गर्न लागेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश साँसद कौशल यादव अब विवाह गर्न लागेका हुन् । उनी जीवनभर अविवाहित बस्ने मनोस्थिति बनाएका थिए ।
उमेरले ४० नजिक गएपछि उनी विवाह गर्ने मनस्थिति देखाएपछि विवाह समेत पक्का भएको हो । उनी जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशका प्रदेश साँसद हुन् ।
जीवनभर विवाह नै नगरी समाजसेवामा लाग्ने भनेका साँसद यादवले विवाह गर्न राजी भएपछि उनको घर परिवारले दुल्ही समेत खोजेर विवाह तय गरिएको बताइएको छ ।
भारत विहार राज्यको मधुवनी जिल्ला स्थित जयनगर बेलाकी रिंकु यादवसंग सांसद यादवको विवाह तय भएको जनाइएको छ ।
साँसद यादवको विवाह आउँदो बर्षको जेठ ११ गते जनकपुरको कलवार कुट्टीमा हुने जनाएका छन् । महोत्तरीको सोनमा गाउँपालिका ५ घर भएका यादव संविधानसभा सदस्य पनि हुन् ।
गएको २०७४ को प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नंं ४ (क) बाट निर्वाचित भएका थिए । साँसद यादव बुबा रामलखन यादव र आमा कुन्ती यादवको ६ सन्तान मध्येका कान्छो छोरा हुन् ।
२०४६ सालदेखि काँग्रेसमा लागेर राजनीतिक यात्राको सुरुवा तगरेका यादव २०६४ को संविधानसभाको निर्वाचनमा तत्कालिन मधेशी फोरम नेपालबाट महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए ।
सांसद यादव यादव जातीको जातीय संगठन गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष समेत हुन् ।
आफ्नै भतिज सुनिल र सुशिलले आफ्नो स्वाभिमान र प्रतिष्ठामाथि प्रश्न उठाएपछि विवाहको लागि तयार भएको सांसद यादवको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…