सर्लाहीका तत्कालिन एसपी प्रसाईंलाई विदाई
कार्यक्रममा प्रजिअ थानेश्वर गौतम, प्रमुख सेनानी अभिषेक कार्की, सप्रउ भरत खनियाँ, उपअनि चन्दन कुमार झा, केन्द्रका सचिव सुनिल कुशवाहा, सदस्य प्रअ राज कुमार थापा, सदस्य डा. नन्दकिशोर कुशवाहा, सदस्य ई।शत्रुधन कुमार यादव, सदस्य ई. रञ्जय कुमार महतो, चन्द्रकान्त झा, मुकेश कुमार यादव, विश्वनाथ यादव, अनिल कुमार साह लगायतको उपस्थिति रहेको थियो । एसपी प्रसाई प्रहरी प्रधान कार्यालयमा सरूवा भएका छन् ।

२०७८ चैत १८ शुक्रबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । जिल्ला प्रहरी कार्यालय, सर्लाहीको ५ महिने छोटो अवधि नेतृत्व सम्हालेका एसपी कृष्ण प्रसाईंसँग शुभकामना तथा फेरी भेटौला कार्यक्रम गरिएको छ ।
राष्ट्रसेवक कर्मचारीहरूको तर्फबाट कर्मचारी मिलन केन्द्र, सर्लाहीले एसपी प्रसाईंको राष्ट्रसेवक कर्मचारी प्रतिको दृष्टिकोण, समाजमा विधमान विकृति विसंगति न्यूनीकरण गर्दै शान्ति र सुशासन कायम गर्ने अठोट, कर्मचारी मिलन केन्द्रसँगको सकारात्मक र रचनात्मक हातेमालो, प्रहरी संगठन प्रतिको आस्था, प्रहरी कर्मचारी प्रतिको माया ममता प्रति आभार व्यक्त गर्दै आगामी कार्यकालको सफलताका साथै सुखद् व्यवसायीक तथा व्यक्तिगत जीवनको कामना सहित शुभकामना तथा फेरी भेटौला कार्यक्रम गरिएको मिलन केन्द्रका सचिव सुनिल कुशवाहाले जानकारी दिए ।
सो क्रममा एसपी प्रसाईंले आफ्नो कार्यकालमा आवश्यक सहयोग गर्ने जिल्ला सुरक्षा समिति, प्रहरी, राष्ट्रसेवक कर्मचारी, मिलन केन्द्र परिवार, संचारकर्मी, सरोकारवाला, सर्लाहीवासी सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा प्रजिअ थानेश्वर गौतम, प्रमुख सेनानी अभिषेक कार्की, सप्रउ भरत खनियाँ, उपअनि चन्दन कुमार झा, केन्द्रका सचिव सुनिल कुशवाहा, सदस्य प्रअ राज कुमार थापा, सदस्य डा. नन्दकिशोर कुशवाहा, सदस्य ई।शत्रुधन कुमार यादव, सदस्य ई. रञ्जय कुमार महतो, चन्द्रकान्त झा, मुकेश कुमार यादव, विश्वनाथ यादव, अनिल कुमार साह लगायतको उपस्थिति रहेको थियो । एसपी प्रसाई प्रहरी प्रधान कार्यालयमा सरूवा भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…