भोलीदेखि ५ दिनसम्म स्कूलहरु बन्द हुने
सो परीक्षामा विद्यालयमा अध्ययापन गराउने स्थायी, करार र राहत शिक्षक परिक्षार्थी हुने भएकोले परीक्षार्थी शिक्षक शिक्षिकाहरुको सुविधालाई मध्यनजर गर्दै आगामी चैत्र १८ गतेसम्म विद्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

२०७८ चैत १३ आइतबार, राति ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षकहरुको परीक्षालाई मध्यनजर गर्दै धनुषा जिल्लाभरिका शिक्षकहरुलाई पाँच दिनसम्म विदा दिने निर्णय गरेको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई समितिले एक सूचना जारी गर्दै सोमबार भोलीदेखि पाँच दिनसम्म विद्यालयहरु बन्द रहने निर्णय गरेको हो ।
आईतबार जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई धनुषाको प्रमुख युक्त प्रसाद शर्माद्धारा हस्ताक्षरित सूचनामा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई धनुषाको चलानी नम्बर १९०८ को अनुसार मावि, निमावि र प्रावि तहको शिक्षकहरुको खुल्ला तथा बढुवा सम्बन्धी परीक्षा हुने भएको उल्लेख छ ।
सो परीक्षामा विद्यालयमा अध्ययापन गराउने स्थायी, करार र राहत शिक्षक परिक्षार्थी हुने भएकोले परीक्षार्थी शिक्षक शिक्षिकाहरुको सुविधालाई मध्यनजर गर्दै आगामी चैत्र १८ गतेसम्म विद्यालय बन्द रहने सूचनामा उल्लेख छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई धनुषाले नै सूचना जारी गरी धनुषा जिल्लाभरिका ती तहका परीक्षार्थी शिक्षकहरुलाई विदा दिएको उल्लेख छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…