होसियार ! आज मौसम खराव, चट्याँग पर्ने प्रबल सम्भावना
न्यूज ब्यूरो || काठमाडौं, १६ चैत्त । पश्चिमी वायु सक्रिय भएकाले आज हावाहुरीका साथै चट्याँग पर्ने प्रबल सम्भावना रहेको छ । हिजो पनि केही ठाउँमा पानी परेकोले आज समेत केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । राति काठमाण्डौंसहित धेरै ठाउँमा पानी पारेको पश्चिमी वायु पूर्वतिर सरिरहेकाले

२०७४ चैत १६ शुक्रबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमाडौं, १६ चैत्त । पश्चिमी वायु सक्रिय भएकाले आज हावाहुरीका साथै चट्याँग पर्ने प्रबल सम्भावना रहेको छ ।
हिजो पनि केही ठाउँमा पानी परेकोले आज समेत केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
राति काठमाण्डौंसहित धेरै ठाउँमा पानी पारेको पश्चिमी वायु पूर्वतिर सरिरहेकाले अहिले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
अरु ठाउँको मौसम सामान्यतया बदली भएको छ । उहाँका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र भारतको बिहारमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले शुक्रबार केही ठाउँमा पानी पर्नेछ । विशेषगरी पहाडी भूभागमा पानी पर्ने उहाँको अनुमान छ ।
यस्तै स्थानीय वायुको प्रभावले दिउँसोपछि चट्याङ र हावाहुरी पनि आउने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् प्रधानाङ्गले आग्रह गर्नुभयो ।
काठमाण्डूमा राति १ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोअनलाईको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…