शहिदनगरमा चारवटा वडाको सार्वजनिक सुनुवाई सम्पन्न
सो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो

२०७८ चैत ३ बिहीबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरा डुमरियास्थित आयोजना गरिएको नगरपालिकाको वडा नं. ६,७,८ र ९ को नगर सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
दिउँसो १ बजेदेखि सुरु भएको सार्वजनि सुनुवाई साँझ ६ः३० बजेसम्म सँचालन भएको आयोजकले जनाएको छ । शहिदनगर नगरपालिकाको आयोजनामा न्यूज सम्प्रेषण मिडिया ग्रुप प्रा.लि. इमाडोल ललितपुरको समन्वयमा चार वटा वडाको नागरिकलाई भेला गरी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
विभिन्न वडाबाट आएका जनप्रतिनीधि, नागरिक समाज, अगुवा, राजनीतिक दलका प्रतिनीधिहरुको रोहबरमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधिहरुसँग जनताहरुले सीधा सबाल जवाफ गरेको थियो ।

सो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो ।
शहिदनगर नगरपालिकाले पाँच बर्षमा ३ पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । यसअघि दुई पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको शहिदनगर नगरपालिकाले यसपाली पनि सार्वजनिक सुनुवाई गरेको हो ।
कार्यक्रममा उपस्थित नागरिक समाज, शिक्षक, समाजसेवीहरुले समय समयमा सार्वजनिक सुनुवाई गर्ने शहिदनगर नगरपालिका पहिलो नगरपालिका रहेको भन्दै प्रशँसा गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको प्रत्यक्ष प्रसारण जनकपुरधामस्थित जानकी टेलिभिजन एचडीबाट समेत गरिएको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…