जनकपुरमा जेसिजको होली मिलन समारोह
कार्यक्रममा जनकपुर जेसीजको निबर्तान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी मनोज साह,जनकपुरधाम उद्योग वाणिज्य संघ का अध्यक्ष जितेन्द्र महासेठ,जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष निर्मल चौधरी ,ललित साह,जनकपुरधाम उद्योग वाणिज्यका बरिष्ठ उपाध्यक्ष मनिष रमन साह सहित बिभिन बिशिस्ट व्यक्तिको उपस्थित थियो।

२०७८ चैत ६ आइतबार, बिहान ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसीज २०२२ को होली मिलन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
शुक्रबार जनकपुर जेसिजको आफ्नै सचिवालय भवनमा अध्यक्ष जेसी राज कुमार साहको अध्यक्षतामा होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहको प्रमुख अतिथि तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सहकारी बिभाग प्रमुख संजय कुमार साहको बिशिस्ट अतिथिमा सम्पन्न होली मिलन समारोहमा एकआपसमा अबिर दलेर आत्मीयता साटासाट गरेको हो ।
रँग, अबिरको पर्व भनेर मानिने हालीको उत्सवमा विभिन्न सँस्थाका विशिष्ट व्यक्तिहरुले एक आपसमा रँग लगाएर होली समारोह मनाएको हो ।
कार्यक्रममा जनकपुर जेसीजको निर्वतमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी मनोज साह,जनकपुरधाम उद्योग वाणिज्य संघ का अध्यक्ष जितेन्द्र महासेठ,जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष निर्मल चौधरी ,ललित साह,जनकपुरधाम उद्योग वाणिज्यका बरिष्ठ उपाध्यक्ष मनिष रमन साह सहित बिभिन बिशिस्ट व्यक्तिको उपस्थित थियो।
कार्यक्रमको संचालन महासचिव जेसी अजय कुमार गुप्ताले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य जनकपुर जेसीजका उपाध्यक्ष जेसी रजनिश साहले राखेका थिए।
कार्यक्रम संयोजक जनकपुर जेसीजका उपाध्यक्ष जेसी रजनिश साह थिए। कार्यक्रममा २०२२ का सम्पुर्ण पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…