जनकपुरको बाह्रविघा मैदानमा परिक्रमा यात्रीको बिजोग, न शौचालय न बिजुली बत्ति !
अर्को बैकल्पिक व्यवस्थाका लागि लाईट जडानको माग देखिएको बताए ।
२०७८ चैत ३ बिहीबार, राति ९:०५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाका श्रद्धालुहरुलाई मधेशको राजधानीमै बिजोग भएको छ ।
भोली अन्तरगृही परिक्रमाको लागि जनकपुरधाम आईपुगेको परिक्रमाको धार्मिक यात्रीहरुको लागि वृहत्तर जनकपुर विकास क्षेत्र परिषदले शौचालयको व्यवस्था नमिलाउँदा बिजोग भएको छ ।
बाह्रविघा मैदानमा लगाइएको स्ट्रीट लाईट समेत नचल्दा यात्रीहरु अँध्यारोमै बस्न बाध्य भएको छ । गर्मीको सहयमा बाह्रविघा मैदानमा अस्पतालको फोहोर र विषालु सर्पहरुको बिगबिगी रहेको अवस्थामा पनि कम्तीमा बिजुली बत्ति समेत नहुँदा बिजोग भएको छ ।
मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिकाको उदासिन्ताले परिक्रममा सहभागि श्रद्धालुको लागि बिजोग भएको छ । बिहीबार जनकपुर फर्केर हजारौं परिक्रमा यात्री बास बसेको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा बिना शौचालय र विजुलीबत्तीको विश्राम गरेको छ ।
बाह्रविघा मैदानमा जडान गरेको मास्कलाईट बिग्रेको छ भने विजुलीबत्तीको अन्य कुनै बैकल्पिक उपाय समेत नगर्दा श्रद्धालु अन्धकारमा बस्न बाध्य छन् ।
यस्तै अन्य वर्षमा परिक्रमा यात्री आउँदा निर्माण गरिने अस्थायी शौचालय पनि यसपटक निर्माण गरिएको छैन । बिजुलीबत्ती, शौचालय र खानेपानीको व्यवस्थापन नगर्दा बासबस्न गह्रो भएको श्रद्धालुहरुले गुनासो गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…