कमला नगरपालिकामा साईबर अपराध तथा सुरक्षा सम्बन्धी चारदिने तामिल सुरु
“हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात उत्तिकै सक्रिय छ । विशेष गरी किशोरा किशोरी, बालबालिकाहरु साईबर अपराधमा पर्ने गरेको छ ।”– प्रमुख अतिथि यादवले भने ।

२०७८ फागुन २६ बिहीबार, दिउँसो १:५६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित विद्यालय पढने विद्यार्थीहरुलाई लक्षित गरी चार दिने साईबर अपराध तथा सुरक्षा सम्बन्धी तालिम सुरु गरेको छ ।
कमला नगरपालिकाको आर्थिक सहयोग एमव् आयोजना तथा त्रिनेत्र ट्रेनर्स नेटवर्क प्रा. लि. माचि झिटकैयाको समन्वयमा विहिबारदेखि विधिवत रुपमा चारदिने तालिम आरम्भ भएको हो ।
प्रविधिको विकाससँगै दिनानुदिन बढदै गएको साईबर अपराध नियन्त्रण तथा न्यूनिकरणको लागि वडा नं. १ देखि ९ वडासम्मको विद्यालय पढने बालबालिकाहरुलाई सहभागी गराई साईबर अपराध तथा सुरक्षा सम्बन्धी चेतनामूलक तालिम प्रारम्भ गरेको हो ।
फेसबुक, ट्वीटर, ईन्स्टाग्राम, टिकटकमा जथाभावी लेख्ने, गाली गलौज गर्ने, असभ्य टिकाटिप्पणी गर्ने जस्ता कार्यबाट स्कूले विद्यार्थीहरुले साईबर अपराधमा फँस्ने गरेको तथ्याँकलाई मध्यनजर गर्दै नगरपालिकाले बालबालिकाहरुलाई सचेत गराउनको लागि सो तालिम सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो अवस्थामा रहेको भन्दै यसबाट सचेत गराउनको लागि साईबर अपराध तथा सुरक्षा सम्बन्धी तालिम सुरु गरिएको बताइएको छ ।
कमला नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विशेश्वर यादवको अध्यक्षता तथा समाजसेवी जीतेन्द्र यादवको प्रमुख आतिथ्यमा सुरु भएको सो तालिमको क्रममा नगरभरिको ५४ जना विद्यार्थीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…