नेपाली काँग्रेसको सर्लाही सभापतिमा सिँह भारी मतान्तरले विजयी
शनिबार दिनभर भएको मतदान अन्तर्गत मतगणना भने शनिबार राती १ बजेबाट सूरु भएको थियो ।

२०७८ फागुन ३० सोमबार, बेलुकी ७:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस सर्लाहीको १४ औ जिल्ला अधिवेशन अन्तर्गत सभापतिमा सुरेन्द सिँह भारी मतान्तरले विजयी भएका छन् ।
सभापति सहित पदाधिकारीको मतगणना सम्पन्न हुदा संस्थापन पक्षका सभापति सुरेन्द्र प्रसाद सिंह संस्थापन ईतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याई विजयी भएका छन् ।
३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकोमा बदर बाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र प्राप्त गरे ।
आईतबार राती पौने १२ बजे सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका सभापति उम्मेद्वार सुरेन्द्र प्रसाद सिंह एक उपसभापति बाहेक पुरै प्यानल नै विजयी भएका छन् ।
संस्थापन ईतरबाट उपसभापतिमा एक मात्र उम्मेदवार नवीन अधिकारी विजयी भएको हो ।
त्यस्तै उप–सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) १ हजार ७६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४९३ मतका साथ विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र ईतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरे ।
उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी ९लोकप्रिय मत० निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायका छोरा डा.सरोज कुमार (राजु) ले ल्याएका छन् ।
त्यस्तै, सचिबमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए । ईतरबाट सचिबका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाए ।
सोही क्रममा सह–सचिवमा संस्थापनकै ईन्द्र बहादुर योञ्जन १ हजार ७११ र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन् ।
ईतरका सुर्य बहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्र १ हजार २३७ मत मात्र पाई पराजित भए ।आईतबार राती नै जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विजयी सभापति सिंह सहित पदाधिकारीलाई बधाई दिए ।
नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्दता जनाए ।
अन्तिम मतपरिणाम आएसँगै पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित पूर्व केन्द्रीय सदस्य शम्भु लाल श्रेष्ठ ,मधेस प्रदेश उपसभापति एवम् मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार राय लगायत नेताहरु मतगणनास्थल पुगेका थिए । संस्थापन पक्षका कार्यकर्ताहरुले मतगणनास्थल बाहिरका थिए ।
अब सदस्यहरुको मतगणना भने फागू पूर्णिमा (होली) पछि गर्ने कुरा आएको र सोमबार दुवैपक्षसँग छलफल गरिने निर्वाचन अधिकृत सिंहले बताए ।
शनिबार दिनभर भएको मतदान अन्तर्गत मतगणना भने शनिबार राती १ बजेबाट सूरु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…