मोसा चोरी गरी भाग्दै गर्दा दुई युवक पक्राउ
पार्किङ गरेको अवस्थामा चोरी गरी भागन लागेको हो भनि अनुसन्धानबाट देखिएको बताइएको छ ।

२०७८ फागुन ३० सोमबार, बेलुकी ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थितबाट मोसा (मोटरसाईकल) चोरी गरी भाग्दै गर्दा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत शनिबार राती करिब ९ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ महावीर चौकस्थित दुई युवकले मोटरसाईकल लगिरहेको अवस्थामा शँका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको गस्ती टोलीले उनीहरुलाई मोटरसाईकल लगिरहेको देखेपछि पक्राउ गरेको बताइएको छ ।
शँका लागि सोधपुछ तथा अनुसन्धान गर्दा प्रदेश २–०३–००९ प. २९२६ नम्बरको सुपर स्पलेणडर मोटरसाईकल लगि रहेको अवस्थामा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नम्बर २ वस्ने वर्ष २० को अर्जुन यादव र बा. ९६ प. ९७८० नम्बरको मोटरसाईकल लगि रहेको सोही स्थान वस्ने वर्ष १९ को दिपेन्द्र यादवलाई पक्राउ गरेको हो ।
मोटरसाईकलहरू यही महाविर चोक स्थित भित्र गल्लीमा पार्किङ गरेको अवस्थामा चोरी गरी भागन लागेको हो भनि अनुसन्धानबाट देखिएको बताइएको छ ।
उक्त नम्बरको को मोटरसाईकलसहित नियनत्रणमा लिई दुवैजनामाथि चोरीको मुद्दामा अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानको प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…