महोत्तरीमा 'महोत्तरी पत्रकार संजाल' गठन
संजालले संचारकर्मी र जिल्लाका हरेक क्षेत्रका सरोकारबाला निकाय र ब्यक्तिको बीचमा समाचारको माध्यमको काम तथा संचारकर्मीहरूको दक्षता बृद्धि लगायतको काम गर्ने अध्यक्ष राकेश प्रसाद चौधरी ले बताए । उनले समितिमा सल्लाहकार तथा थप पदाधिकारी पछि चयन गरिने थपे ।

२०७८ फागुन २९ आइतबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा महोत्तरी पत्रकार संजालको तदर्थ समिति गठन भएको छ ।
जिल्ला समंबय समिति को सभा हल मा जिल्ला भित्रका क्रियाशील पत्रकारहरुको बसेको बैठकले उक्त संजालको तदर्थ समिति गठन गरेको हो ।
बैठकले तदर्थ समितिको अध्यक्ष मा राकेश प्रसाद चौधरी,उपाध्यक्षमा अंजनी कुमारी महतो, सचिबमा दीपक कुमार पाण्डेय, कोषाध्यक्षमा राजीव कुमार राय कुर्मी र सह सचिब मा धरवेन्द्र कुमार यादव (बाबू प्रेम यदुवंशी) सर्व सम्मति ले चयन गरेको छ ।
यस्तै, सदस्यहरूमा विवेक कुमार महतो, रञ्जन भण्डारी, धर्मेन्द्र यादव, गोपाल झा, ममता शर्मा, विष्णु यादव र विष्णु गुप्ता, नरेन्द्र महतो र नागेन्द्र यादव चयन भएका छन ।
संजालले संचारकर्मी र जिल्लाका हरेक क्षेत्रका सरोकारबाला निकाय र ब्यक्तिको बीचमा समाचारको माध्यमको काम तथा संचारकर्मीहरूको दक्षता बृद्धि लगायतको काम गर्ने अध्यक्ष राकेश प्रसाद चौधरी ले बताए । उनले समितिमा सल्लाहकार तथा थप पदाधिकारी पछि चयन गरिने थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…