परिक्रमाको धार्मिक लस्कर सतोषरमा विश्राम गर्दै, भोली औरही आउने
फाल्गुन औंसीको दिनदेखी विधिवत रुपमा सुरु भई नेपाल र भारतको १५ वटा विश्राम स्थलहरुमा सीतारामको डोलासंगै पेदल यात्रा गर्ने लाखौं श्रद्धालुभग्तजनहरु भिड सहित आज सतोषरधाम आइपुग्दा सतोषर सेवा समिति र मटहि, मखनाहा, सबैला, गोबिन्दपुर गाउँ– गाउँका बासि लगायतकाले भब्य स्वागत गरेका छन ।

२०७८ फागुन २९ आइतबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिन मिथिला विहारी माध्यमिकि परिक्रमा आज श्रीरामजीको डोलि सहित धनुषाको सबैला नगरपालिका स्थित बहुधार्मिक,बहुचर्चित (कुशमाहा) सतोषर धाममा आइतबार (आज) विश्राम गरेको छ ।
परिक्रमामा सहभागीहरुले “माथा पर मोटरी जय सियाराम, हरदम बोलु जय सिया राम” भन्दै हिँड्ने नेपाल भारतको विभिन्न पडावमा विश्राम गर्ने धार्मिक लस्कर भोली धनुषा जिल्लाको औरहीमा विश्राम गर्ने भएको छ ।
मधेशको धार्मिक पदयात्रा १५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतबार सतोसर जादै परिक्रमामा आएका श्रद्धालुभग्तजनहरुलाई स्वागत गरेको छ ।

फाल्गुन औंसीको दिनदेखी विधिवत रुपमा सुरु भई नेपाल र भारतको १५ वटा विश्राम स्थलहरुमा सीतारामको डोलासंगै पेदल यात्रा गर्ने लाखौं श्रद्धालुभग्तजनहरु भिड सहित आज सतोषरधाम आइपुग्दा सतोषर सेवा समिति र मटहि, मखनाहा, सबैला, गोबिन्दपुर गाउँ– गाउँका बासि लगायतकाले भब्य स्वागत गरेका छन ।
परिक्रमा बासिको लागि सबैला नगरपालिकाका नगर प्रमुख मेयर बिजय शंकरप्रसाद साहले परिक्रमा बासिको लागि नगरपालिकाले प्रतेयक बर्ष कोष छुट्टयाएको बताए ।
यसपाली पनि दुर्इ लाख रकम बिनयोजन गरेको बताए । दही चुरा चिनि पानि चापाकल लगायतका ब्यबस्था गरिएको र यस्को जिम्मेवारी सतोषर सेवा समिति लाई दिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…