मधेसी स्वास्थ्यकर्मी फोरम देशकै प्रशिक्षित संगठनः प्रदेश साँसद यादव
कार्यक्रममा जसपा जिल्ला अध्यक्ष पशुपति यादव, उद्योग वाणिज्य सँघ जनकपुरधामका उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव घनश्याम यादव , मधेसी स्वास्थ्यकर्मी फोरमका केन्द्रिय उपाध्यक्ष राम छबिला यादव, स्वास्थ्यकर्मी फोरमका नेता जय कुमार यादब, लक्ष्मण यादय, लक्ष्मण साह सहितका वक्ताहरुले आ–आफ्नो मनतव्य राखेको थियो ।

२०७८ फागुन २८ शनिबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल देश कै प्रशिक्षित र व्यवस्थित संगठन रहेको कुरा बताएका छन् ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल धनुषा र महोत्तरीद्वारा जनकपुरधाममा आयोजित होलि मिलन समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद यादवले लोकतन्त्र,संघियता र सामावेशिताका लागि संघर्ष गर्ने स्वास्थ्यकर्मी फोरम एक सबल संगठन रहेको कुरा मा जोड दिए ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षता तथा प्रदेश साँसद यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको रँगको पर्व होली मिलन समारोहमा स्वास्थ्यकर्मीहरुको व्यापक उपस्थितिमा होली खेलिएको हो ।

सो क्रममा जसपाका नेता अशोक यादवले आदर्श एवं भाईचाराको पर्वहोलीहो हरेक साथीभाईमा एकाअपसमा सकारात्मक सद्भाव बढने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा जसपा जिल्ला अध्यक्ष पशुपति यादव, उद्योग वाणिज्य सँघ जनकपुरधामका उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव घनश्याम यादव , मधेसी स्वास्थ्यकर्मी फोरमका केन्द्रिय उपाध्यक्ष राम छबिला यादव, स्वास्थ्यकर्मी फोरमका नेता जय कुमार यादब, लक्ष्मण यादय, लक्ष्मण साह सहितका वक्ताहरुले आ–आफ्नो मनतव्य राखेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…