धनुषा काँग्रेसमा दिनेश प्रसैला समूहले गरे योगेन्द्र पजीयारलाई नै समर्थन
दिनेश प्रसैलाले ल्याएको मत योगी पजीयारसँग गए उनको जीत सुनिश्चित हुने भएको छ ।

२०७८ फागुन २५ बुधबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धनुषामा जारी रहेको महाधिवेशनमा दिनेश प्रसैला सभापतिको उम्मेदबारबाट आउट भएपछि योगेन्द्र पजीयारलाई समर्थन जनाएको छ ।
धनुषामा काँग्रेसको सभापतिको लागि दिनेश प्रसाद प्रसैला, योगेन्द्र पजीयार र सँतोष यादव उम्मेदवारी दिएकोमा सोमबार सम्पन्न मतदान प्रक्रियाले ५१ प्रतिशत मत पुरयाउन नसक्दा चुनाव दोस्रो चरणमा गएको हो ।
सोही क्रममा तीनवटै उम्मेदवारमध्ये दिनेश प्रसैला सबभन्दा कम मत ल्याएर चुनावी प्रक्रियाबाट आउट भएपछि उनले अन्ततः योगेन्द्र पजीयारलाई समर्थन गरेको हो ।
विमलेन्द्र नीधिको गुटबाट सभापतिको लागि उम्मेदवारी दिएका योगेन्द्र पजीयारलाई शेखर कोईरालाको गुट रहेको दिनेश प्रसैलाले पजीयारलाई समर्थन दिएको हो । पजीयारको सबभन्दा अधिक मत प्राप्त भएको थियो । यद्यपी, ५१ प्रतिशत मत भने पुरयाउन नसक्दा चुनाव दोस्रो चरणमा गएको हो ।
अहिले जनकपुरधामको मिल्स एरिया स्थित बिमेलन्द्र निधीको नीजि निवासमा पत्रकार सम्मेलनको आयोजना गरि कोइराला समुहले पजियारलाई समर्थन गरेको औपचारिक घोषणा गरेका छन् ।
निधी निवासमा नेता विमलेन्द्र निधी सहित सभापतीमा तेस्रो स्थानमा आएका स्वयम दिनेश यादव प्रसैला कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव र प्रथम स्थानको मत पाएका पजियारको समेत उपस्थितीमा पत्रकार सम्मेलन गरी घोषणा गरेका छन्।
दिनेश प्रसैलाले ल्याएको मत योगी पजीयारसँग गए उनको जीत सुनिश्चित हुने भएको छ । नेपाली काँग्रेसको धनुषा सभापतिको लागि योगेन्द्र पजीयार दिनेश प्रसैलाको समर्थनसँगै चुनिने लगभग पक्का भएको छ ।
दोस्रो चरणको चुनाव भोली बिहान ८ बजेदेखि हुने जनाइएको छ । जनकपुरको तिरहुतिया गाछीमै पुनः चुनाव हुने बताइएको छ । पजीयार बिमलेन्द्र नीधिका उम्मेदवार हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…