नारी दिवसमा धनुषाको इन्टरनेश्नल चिड्रेन बोर्डिङग स्कूलका शिक्षिका र विद्यार्थीहरुलाई सम्मान
छात्राहरुबीच नृत्य प्रतियोगिता, “नारी शिक्षा आजको आवश्यकता” विषयमा वक्तृत्वकला प्रतियोगिता, गायन प्रतियोगिता राखिएको थियो । सोहीमा शिक्षिकाहरुलाई समेत सहभागी गराइएको थियो ।

२०७८ फागुन २४ मंगलबार, राति ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको रघुनाथपुरस्थित रहेको एक नीजि विद्यालयले नारी दिवसको अवसर पारेर शिक्षिकासहित विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
मँगलबार ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यालयमा कार्यरत महिला कर्मचारी, शिक्षिका तथा छात्राहरुलाई सम्मान गरिएको हो ।
रघुनाथपुरस्थित रहेको सो नीजि विद्यालय सो क्षेत्रको शिक्षास्तरमा गुणात्मक शिक्षा दिँदै आएको विद्यालयले विभिन्न समयमा अतिरिक्त कार्यक्रहरु गर्दै आएको छ ।
सोही क्रममा विद्यालयमा कार्यरत महिला कर्मचारीहरुलाई विद्यालयका प्रिन्सीपल दिगम्बर महतोले एक समारोहको आयोजना गरी सम्मान गरेको हो ।
आफ्नो कौशलता, माया, स्नेह र लगनशिलता मार्फत विश्व रचिता मानिने नारीको सम्मानमा विद्यालय परिसरमै दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।
विद्यालयमा अध्ययनरत छात्राहरुलाई चित्रकला, वक्तृत्वकला, गायन तर्फ प्रतियोगिता राख्दै उनीहरुलाई सम्मान गरेको हो । विजेताहरुलाई पुरस्कार समेत वितरण गरेको प्रिन्सीपल महतोले जनाए ।
छात्राहरुबीच नृत्य प्रतियोगिता, “नारी शिक्षा आजको आवश्यकता” विषयमा वक्तृत्वकला प्रतियोगिता, गायन प्रतियोगिता राखिएको थियो । सोहीमा शिक्षिकाहरुलाई समेत सहभागी गराइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…