धनुषाको हँसपुरमा वाईसिएलको ३५१ सदस्यीय नगर कमिटि गठन
वासिएलका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सरोज यादबको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनको क्रममा सुनिल यादव , जिल्ला सदस्य नवल ठाकुर , जिल्ला संयोजक संजय शर्मासहित मिथिला बिहारी नगरपालिका नगर कमिटी सह–सचीव बिजय कुमार ठाकुर , हंसपुर नगरपालिका नगर कमिटीका पदाधिकारी , वडा कमिटीका पदाधिकारी , बुद्धिजीवी, शिक्षा प्रेमी, समाजसेवी लगायत सयौँको सँख्यामा उपस्थिति रहेको थियो ।

२०७८ फागुन २४ मंगलबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादीको युवा सँगठन योँग कम्यूनिष्ट लीग (वाईसिएल) को नगर कमिटि गठन गरिएको छ ।
धनुषाको हँसपुर नगरपालिकास्थित मँगलबार बसेको वृहत बैठकले भरत साफीको अध्यक्षतामा ३५१ सदस्यीय नगर कमिटि गठन गरिएको हो ।
हँसपुर नगरपालिकाको नगर अधिवेशन अध्यक्ष भरत साफीको अध्यक्षता तथा वाईसिएलका मधेश प्रदेश सह सँयोजक अनिल कुमार पासवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनबाट जय प्रकाश साफीलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
“संसारका क्रान्तिकारी युवाहरू एक हौ ” मुल नाराका साथ सम्पन्न अधिवेशनबाट नगर कमिटिको ईन्चार्जमा जय प्रकाश मण्डललाई चयन गरिएको हो ।
यस्तै समितिको उपाध्यक्षमा प्रदीप साह, प्रेमा सादा र लक्ष्मेन्द्र मण्डललाई चयन गरिएको छ भने सचिवमा सुबोध यादव, सुनिल मण्डल र सुरेन्द्र शर्मालाई चयन गरिएको छ । यस्तै, सह सचिवमा मनोज कुमार मण्डललाई चयन गरिएको हो ।
वासिएलका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सरोज यादबको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनको क्रममा सुनिल यादव , जिल्ला सदस्य नवल ठाकुर , जिल्ला संयोजक संजय शर्मासहित मिथिला बिहारी नगरपालिका नगर कमिटी सह–सचीव बिजय कुमार ठाकुर , हंसपुर नगरपालिका नगर कमिटीका पदाधिकारी , वडा कमिटीका पदाधिकारी , बुद्धिजीवी, शिक्षा प्रेमी, समाजसेवी लगायत सयौँको सँख्यामा उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…