मधेशको गौरवः इन्जिनीयरिँग Entrance परीक्षामा जनकपुरका साहले ल्याए नेपालभरिमै प्रथम स्थान
यस्तै, परीक्षाफल अनुसार, प्रतीक अर्यालले सिँगो नेपालको रैँक नम्बर तीन ल्याउन सफल भएका छन् ।
२०७८ फागुन २१ शनिबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईन्जिनीयरिँग अध्ययन सँस्थानले लिएको प्रवेश परीक्षाको क्रममा जनकपुरका एक विद्यार्थीले नेपालमै अग्रस्थान (All Nepal Rank-1) ल्याएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको इन्जिनीयरिँग अध्ययन सँस्थाको प्रवेश परीक्षा बोर्डले लिएको परीक्षामा जनकपुरका निराजन साहले प्रथम स्थान ल्याउन सफल भएका छन् ।
सँस्थानको प्रवेश परीक्षा बोर्डबाट आर्थिक बर्ष २०७८/०७९ को लागि गत फागुन ८ गतेदेखि २० गतेसम्म चलेको प्रवेश परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको हो ।
परीक्षाफलमा मधेश प्रदेशको धनुषा जिल्लाका निराजन साहले प्रवेश परीक्षामा टप गर्न सफल भएका छन् । यस्तै, दोस्रो रैँक (All Nepal Rank-2) भने मधेश प्रदेशकै रौतहट जिल्लाका निरज कुमार यादवले ल्याएका हुन् ।

इन्जिनियरिँग तर्फ स्नातक अध्ययन ( B.E./B.Arch) को लागि सूचना प्रविधिको आधारमा कम्यूटर मार्फत लिइएको प्रवेश परीक्षाको नतिजामा धनुषाका निराजन साहले प्रथम रैँक ल्याउन सफल भएको हो भने निरज यादव दोस्रो रैँक ल्याउन सफल भएको हो ।
यस्तै, परीक्षाफल अनुसार, प्रतीक अर्यालले सिँगो नेपालको रैँक नम्बर तीन (All Nepal Rank-3) ल्याउन सफल भएका छन् ।
सिँगो नेपालमै टप गरेका टपर निराजन साह काठमान्डौँ स्थित सिसिआरसी CCRC कलेजमा प्लस टुमा अध्ययनरत छन् । उनलाई सिसिआरसी कलेजले पनि बधाई दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…