काँग्रेस धनुषाको सदस्यमा दलित कोटाबाट सूर्यदेव पासवानको उम्मेदवारी
चिकित्सा पेशामा लागेका पासवानलाई उनको गाउँ र सो क्षेत्रका बासिन्दामाफ इमान्दार युवकको रुपमा चिनिन्छन् ।

२०७८ फागुन २० शुक्रबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा जिल्ला कार्यसमिति सदस्य पदमा सुर्जदेव पासवान (सुर्या) ले उम्मेदवारी दिएका छन् ।
उनी संस्थापन इतर पक्षका जिल्ला सभापतिका उम्मेदवार दिनेश प्रसाद प्रसैला यादवको प्यानलबाट उम्मेदवारी दिएको हो ।
हँसपुर नगरपालिका वडा नं. ९ मोरहा निवासी २७ वर्षीय पासवान दलित कोटाबाट उम्मेदवारी दिएको ।
दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउन उम्मेदवारी दिन लागेको पासवानले बताए ।
गरिब तथा दलित उत्थानका लागि कांग्रेसले गरेको संघर्षलाई सार्थक तुल्याउने उद्देश्यसहित सदस्यमा उम्मेदवारी दिने उनको भनाइ छ ।
“सबैको सल्लाह, सुझावअनुसार जिल्ला सदस्यमा उम्मेदवारी दिएको छु”, उनले भने, “सबै मतदाताको साथ र सहयोगको अपेक्षा सहित उम्मेदवारी दिएको छु ।”
चिकित्सा पेशामा लागेका पासवानलाई उनको गाउँ र सो क्षेत्रका बासिन्दामाफ इमान्दार युवकको रुपमा चिनिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…