प्रेस चौतारी सिरहामा विवाद, यादवले बनाएको समानान्तर कमिटि अवैद्यानिक
गत माघ महिनामा हुने भनिएको सिरहाको अधिकारित अधिवेशन विभिन्न कारणले रोकिएर केन्द्रीय प्रतिनीधिहरु समेत फिर्ता गएपछि कुनै प्रकारको अधिवेशन नभएको जनाउँदै अन्य कुनै कमिटि मान्य नहुने बताइएको छ ।

२०७८ फागुन १९ बिहीबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेकपा एमाले पार्टी निकटको पत्रकारहरुको सँगठन प्रेस चौतारीको सिरहा शाखामा विवाद चुलिएको छ ।
बुधबार प्रेस चौतारी नेपालको तर्फबाट सिरहामा एक समानान्तर कमिटि गठन भएपछि प्रेस चौतारीले विहिबार विज्ञप्ति जारी गर्दै सो कमिटि अवैद्यानिक रहेको प्रष्टयाएको छ ।
बुधबार जीवछ यादव उदासी नेतृत्वमा गठन गरिएको समानान्तर कमिटीलाई कुनै मान्य नहुने व्यहोरा सहित प्रेस विज्ञप्ति जारी गरिएको छ ।

प्रेस चौतारी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रामभरोसी महतो लगायतका वर्तमान कमिटिका सदस्यहरुले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा सँस्थाको आफ्नै विधि विधान रहेको अवस्थामा समानान्तर कमिटि गठन गरी सँस्थाको प्रतिष्ठामा आँच पुरयाएको ठहर गर्दै सो कमिटिलाई मान्यता नहुने उल्लेख गरिएको छ ।
गत माघ महिनामा हुने भनिएको सिरहाको अधिकारित अधिवेशन विभिन्न कारणले रोकिएर केन्द्रीय प्रतिनीधिहरु समेत फिर्ता गएपछि कुनै प्रकारको अधिवेशन नभएको जनाउँदै अन्य कुनै कमिटि मान्य नहुने बताइएको छ ।
प्रेस चौतारी सिरहाका सदस्य रहेका जीवछ यादव उदासीले विधान विपरित कार्य गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न माग विज्ञप्ति मार्फत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…