जनकपुरः फलफूलको पसलमा गाँजा बेच्ने युवक पक्राउ
साथै प्रस्तुत घट्नामा संलग्न फलफुल पसलका सञ्चालक समेत रहेको रवि साहको छोरा बर्ष १९ को अरूण कुमार साहलाई पसलबाटै नियन्त्रणमा लिएर घटना सम्बन्धमा लागु औषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

२०७८ फागुन १९ बिहीबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित फलफूलको आवरणमा प्रतिबन्धित गाँजा बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरस्थित फलफूलको पसलमा गाँजा विक्रि गर्दै आएका युवकलाई पक्राउ गरिएको हो ।
फलफुल पसलमा प्रतिबन्धित लागु औषध गाँजा बिक्री बितरण हुने गरेको गोप्य सूचनाको अधारमा बुधबार विहान ११ बजेको समयमा महेन्द्रनगरको दुधमती चौक स्थित स्थानीय रवि साहले तथा उनको छोराले सञ्चालन गरेको फलफुल पसलमा गाँजा बेचिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट प्रहरी टोली खटि गई खानतलासी गर्दा सुगापंखी रङको डिस्पोजल झोला भित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको पुरीया थान–१३ रितपुर्वक बरामद गरिएको बताइएको छ । गाँजाको तौल भने ९० ग्राम थियो ।
साथै प्रस्तुत घट्नामा संलग्न फलफुल पसलका सञ्चालक समेत रहेको रवि साहको छोरा बर्ष १९ को अरूण कुमार साहलाई पसलबाटै नियन्त्रणमा लिएर घटना सम्बन्धमा लागु औषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…