जनकपुरमा 'रामजानकी चौक' को स्थापना
जनकपुरधाम धार्मिक नगरी भएकोले विभिन्न चोकहरुको नामाकरण हिन्दु देवी देवताको नाममा नामाकरण गरिएको छ । जनकपुरमा जानकीचौक, रामचौक अलगै अलगै रहेपनि दुई वडाको बीचको एक चोकलाई सिँगो रामजानकीचोक नामाकरण गरिएको हो ।

२०७८ फागुन १७ मंगलबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक नगरी भनेर चिनिने मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक नयाँ चोकको स्थापना सहित नयाँ नामाकरण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ र ८ को बिचमा पूर्व पश्चिम राजमार्ग जोडिएको बाटो स्थित एक होर्डिंगबोर्ड स्थापना गरि रामजानकी चोक नामकरण गरिएको हो ।
जनकपुरधाम उपमहानगर वडा नम्बर ७ र ८ का स्थानीयवासीहरुको भेलाबाट रामजानकी चोक स्थापनासंगै नामकरण गरिएको स्थानीय राजकिशोर साहले बताए ।
जनकपुरधाम धार्मिक नगरी भएकोले विभिन्न चोकहरुको नामाकरण हिन्दु देवी देवताको नाममा नामाकरण गरिएको छ । जनकपुरमा जानकीचौक, रामचौक अलगै अलगै रहेपनि दुई वडाको बीचको एक चोकलाई सिँगो रामजानकीचोक नामाकरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…