बिदेश पठाईदिन्छु भनी लाखौँ रुपैयाँ ठग्ने धनुषाका एक एजेन्ट काठमान्डौँबाट पक्राउ
पक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ ।

२०७८ फागुन १७ मंगलबार, बिहान ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेश पठाइदिन प्रलोभनमा पारी लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा धनुषा जिल्लाका एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले क्यानडा पठाइदिन्छु भनी नक्कली कागजातसमेत दिई ठगी गरको आरोपमा एजेन्टलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापर रहेका छन् ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को तीनकुनेबाट पक्राउ गरेको हो ।
कापरले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ६ घर भई हाल ललितपुर बालकुमारी बस्दै आएका अरबिन्द कुमार साहलाई १२ लाख २० हजार मिलाइदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…