धनुषामा नेपाली काँग्रेसका सभापतिका उम्मेदवार योगेन्द्र पँजीयार घरदैलौमा
धनुषा जिल्लामा करिब ४ हजार मतदाता रहेकोले यो अधिवेशन विशाल हुने सँकेत देखिएको छ ।

२०७८ फागुन १६ सोमबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको आउँदो जिल्ला अधिवेशनमा जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गरेका योगेन्द्र पँजीयार अहिले जिल्लाभरि घरदैलो कार्यक्रम सुरु गरेको छ ।
नेपाली काङ्ग्रेस पार्टी १४ औं अधिवेशनमा धनुषा जिल्ला सभापति पदका उम्मेदवार रहेका पंजियारले भेटघाट तथा भोट माग्ने कार्यलाई तिव्रता दिएका छ्न ।
क्षीरेश्वरनाथ नगरपालिकाको मेयर समेत रहेका धनुषाको सभापति पदका लागी आफुलाई सबैको समर्थन भएको जिकिर गर्दै पँजियारले जिल्लाव्यापि चुनावी अभियानमा व्यस्त भएका छन् । त्यस अन्तर्गत धनुषाधाम नगरपालिकाका कर्याकर्ताहरु संग वडा नं ५ पर्वतामा भेटघाट तथा चियापान कार्यक्रम गरिएको छ ।
उनले धनुषामा सभापतिको लागि तिनजना उम्मेदवार भएपनी आफू पहिलो चरणमै जित्ने दावी समेत गरे । कार्यकर्ता लाई टिकटको लोभ देखाएर प्रलोभनमा नेताहरु पारी रहेको हुँदा पार्टीको नियम बिपरित गरेक दुख समेत पोखे ।
चुनावी अभियानमा लागेका उनी आफू विपन्न समुदायका पक्षमा काम गर्न राजनीतिमा होमिएको बताएका छ्न ।
सो कार्यक्रमको अध्यक्षता वडा नं ५ का सभापति संजय महतोले गरेका थिए । भन्ने प्रमुख अतिथी जिल्ला सभापति पदका उम्मेदवार तथा क्षिरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियार रहेका थिए ।
सभापति महतोले राम्रो छवि मानिएका नेताको रुपमा पँजियार रहेकोले कसैको दबाब वा प्रलोभनमा नपरेर पजियार लाई सहयोग सबै संग आग्रह समेत गरे ।
धनुषा जिल्लामा करिब ४ हजार मतदाता रहेकोले यो अधिवेशन विशाल हुने सँकेत देखिएको छ ।
सो कार्यक्रममा बिमलेन्द्र निधिको नजिक मानिएको पार्टीका प्रतिनिधिहरु उपस्तिथि रहने बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…