MCC बारे छलफल गर्न जसपाको पनि बैठक बस्दै, कुन नेता पक्षमा, कुन विपक्षमा ?
हस्ताक्षरका लागि आए पनि आफूले हस्ताक्षर नगर्ने बताउँदै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको प्रस्ट पारे ।

२०७८ फागुन १३ शुक्रबार, बिहान ९:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एमसिसिबारे छलफल गर्नको लागि शुक्रबार जनता समाजवादी पार्टी (जसपा) को कार्यकारणी समितीको बैठक बस्ने भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आजको लागि बैठक बोलाएका हुन । बैठकमा एमसीसीको विषयमा गहन छलफल हुने जनाइएको छ ।
बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले हस्ताक्षर अभियान जारी राखेका बिषयमा समेत छलफल हुने जनाइएको छ ।
भट्टराईले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव पक्षका नेताहरुले आपत्ति जनाएका छन् ।
भट्टराई पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंह भन्छन्, ‘हामीले दुईटा कारणले यो हस्ताक्षर अभियान चलाएका हौं, पहिलो, अध्यक्ष उपेन्द्र यादवमाथि पार्टीको बैठक बोलाउन प्रेसर बनाउन र दोस्रो, हामीले जुन मुद्दा उठाएका छौं, त्यो मुद्दाप्रति पार्टीभित्र कस्तो मत छ त्यो जान्नका लागि ।’
तर, एमसिसी पास गराउनकालागि डा। भट्टराई उपेन्द्र यादवमाथि दवाव दिँदै आएका छन् । उपेन्द्र यादव एमसिसी नेपाली जनताको हितमा तथा सार्भभौमसत्ता विरुद्ध रहेको भन्दै उनले एमसिसीको बिषयमा मौन देखिएका छन् ।
पार्टीका केन्द्रीय सदस्य मनिष सुमनले आफूलाई हस्ताक्षर गर्नका लागि कसैले नभनेको बताएका छन् । उनले भने, ‘पार्टीमा हस्ताक्षर संकलन भइरहेको मैले पनि सुनेको छु, तर हस्ताक्षरका लागि म समक्ष कोही पनि आएका छैनन् ।’
हस्ताक्षरका लागि आए पनि आफूले हस्ताक्षर नगर्ने बताउँदै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको प्रस्ट पारे ।
‘पार्टीमा कुनै विवाद छैन, बाबुरामहरुले जानी जानी विवाद सिर्जना गर्न खोजेको देखिन्छ,’ उनले भने, पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाइसकेको अवस्थामा त्यो बैठकबाट अन्य बैठकहरू पनि तय हुनेछ, तैपनि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्, यसमा हाम्रो आपत्ति छ ।’
यस्तै, प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।
संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।
‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।
यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए । यो बीचमा काँग्रेस–एमाले तथा एमाले–माओवादीबीच पनि छलफल भएको छ । छलफलबाट काँथ्रे–एमाले नजिकिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…