धनुषाको जनकनन्दिनी गाउँपालिकामा लागुऔषध विरुद्ध सडक नाटक प्रदर्शन
लागुऔषधले नेपाल भारतको सीमासँग रहेको क्षेत्रहरुमा जडो गाडेको अवस्थामा लागुऔषध विरुद्ध र समाजिक विकृति विरुद्धको सडक नाटकले केही हदसम्म न्यूनिकरणको लािग अहम भूमिका खेल्ने विश्वास गरिएको छ ।

२०७८ माघ २९ शनिबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा लागुऔषध तथा समाजिक विकृति विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
जनकनन्दिनी गाउँपालिकाको विभिन्न स्थानमा मधेशका चर्चित कलाकारहरुद्धारा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।
जनकनन्दिनी गाउँपालिकाको आयोजना तथा आर्थिक सहयोग एवम् धनुषाधामस्थित दुधमति मिडिया प्रा.लि.को समन्वयमा जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडामा नाटक प्रदर्शन गरिएको हो ।
नाटक प्रदर्शनको माध्यमबाट आम नागरिकमा जनचेतना फैलाउने उदेश्यले विहिबार जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ४ खजुरी, वडा नम्बर ३ महुवा, वडा नम्बर २ बलहा बजार र वडा नम्बर ६ को कठाल टोलस्थित लागुऔषध विरुद्ध जनचेनात्मक सडक नाटक प्रदर्शन गरिएको हो ।

नाटकको लागि जनकपुर क्षेत्रमा चर्चित रोचकघोचकको टीममा कृष्णा कुमार महतो, सँतोष एक्ट, प्रिती झा लगायतका एक दर्जन कलाकारले सडक नाटक मार्फत जनचेतना फैलाएको हो ।
सडक नाटक हेर्नको लागि विभिन्न टोलका स्थानीय युवा, महिला, पुरुषवर्गहरुसँग बीच बीचमा फोरम समेत गरिएको थियो । लागुऔषध विरुद्ध लडनको लागि समाजस्तरबाटै लडन उत्प्रेरणा स्वरुप बीचमा नाटक रोकेर दर्शकहरुसँग गुनासो, उपायहरुको बारेमा समेत सोधिएको थियो ।
लागुऔषधले नेपाल भारतको सीमासँग रहेको क्षेत्रहरुमा जडो गाडेको अवस्थामा लागुऔषध विरुद्ध र समाजिक विकृति विरुद्धको सडक नाटकले केही हदसम्म न्यूनिकरणको लािग अहम भूमिका खेल्ने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…